दोस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

सुर्खेत: कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत लिने भएका छन् । यसअघिको सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।
नयाँ सत्तासाझेदार नेपाली कांग्रेसलाई सरकारमा सहभागि गराएर विश्वासको मत लिने तयारी गरिएको छ । साउन २१ गते सोमवार प्रदेशसभाबाट विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् ।
विश्वासको मत लिनुअघि आइतवार कांग्रेसबाट सरकारमा सहभागि हुने मन्त्रीलाई शपथ ग्रहण गराउने तयारी छ । शुक्रवार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराएका छैनन् । आइतवार उनीहरूको शपथ गराएर त्यसको भोलिपल्ट विश्वासको मत लिन लागिएको जनाइएको छ ।
प्रकाशित मितिः २० श्रावण २०८१, आईतवार ०५:०२
साझा बिसौनी ।