फुटसल प्रतियोगिता हुने

सुर्खेत, १८ चैत ।
प्रथम सेडा अन्तरविद्यालय फुटसल कप आयोजना हुने भएको छ । जिल्ला फुटबल संघ सुर्खेतसँगको सहकार्यमा सुर्खेत एजुकेशनल डेभलपमेन्ट एकेडेमी (सेडा) सुर्खेतले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिता यही चैत २५ देखि २७ सम्म हुन लागेको हो । प्रतियोगितामा सिनियर छात्र–छात्रा तथा जुनियर छात्र छात्राबीच छुट्टाछुट्टै खेल हुने जनाइएको छ । सिनियरतर्फ कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । यस्तै जुनियरतर्फ कक्षा ३ देखि ५ सम्मकाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । विद्यार्थीहरूको फुटबल खेल क्षमता ऊजागर गर्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका लोकेन्द्र दहालले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा वीरेन्द्रनगर उपत्यकाका कुनै पनि विद्यालयले सहभागिता जनाउन सक्नेछन् । सहभागिता जनाउन चाहने विद्यालयहरूका लागि सेडाबाट फाराम वितरण भइरहेको जानकारी दिँदै उनले चैत २३ गतेसम्म फाराम भरिसक्नुपर्ने जनाए ।

प्रकाशित मितिः   १९ चैत्र २०७३, शनिबार १३:०१