जोखिम न्यूनीकरण गर्न निर्देशन
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विपद्का कारण हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि तल्लो तहसम्म सुरक्षा युनिटहरू परिचालन गर्न निर्देशन दिएका छन् । शुक्रवार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्थित सुरक्षा प्रमुखहरूको आकस्मिक बैठकमा मुख्यमन्त्री कँडेलले विपद्मा हुने क्षति न्यूनिकरणमा तल्ला तहका युनिटहरू सक्रिय भएमा ठूलो क्षतिबाट जोगाउन सकिने बताए ।
विपदबाट हुने सम्भावित जोखिम न्यूनिकरणको लागि सुरक्षा निकायको भूमिका महŒवपूर्ण हुने हुँदा उपलब्ध स्रोत र जनशक्तिलाई तयारी अवस्था रहनसमेत निर्देशन दिएका छन् । प्रदेश सरकारले आफ्नो सामर्थले भ्याएसम्म विपद्को लागि आफ्ना संरचनाहरू परिचालन गर्ने बताउँदै मुख्यमन्त्री कँडेलले जोखिम न्यूनिकरण तथा राहत र उद्वारमा सरोकारवाला निकाय तथा विकास साझेदारहरूलाई आफ्ना संरचनाहरूलाई प्रभावकारी ढंगले परिचालन गर्नु पर्नेमा जोड दिए ।
यो वर्ष कर्णालीमा अहिलेसम्म अन्यत्र जस्तो जोखिम नदेखिएको तर सम्भावित खतरासँग जुध्न सुरक्षा निकायहरूबीच समन्वकारी भूमिका आवश्यक रहेको धारणा राखे । आकस्मिक बैठकमा प्रमुख सचिव चुडामणि पौडेल, पश्चिम पृतना नेवारेका उपरथी कृष्ण भट्ट, नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरी, शसस्त्र प्रहरीका डिआइजी दुर्गाप्रसाद भट्टराई, राष्टिय अनुसन्धान प्रदेश प्रमुख माधव तिमिल्सेनालगायतको उपस्थित थियो ।
प्रकाशित मितिः ३० असार २०८१, शनिबार ०५:०१
साझा बिसौनी ।