थारु भाषा सम्पादक चौधरी पुरस्कृत

 

सुर्खेत: थारु भाषा साहित्यकार मानबहादुर चौधरी ‘पन्ना’ पुरस्कृत भएका छन् । साझा बिसौनी दैनिकको थारु भाषा विशेष परिशिष्टाङ्क ‘फूलुवार’ का सम्पादक चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्तकार प्रदान गरेको हो ।

भाषा तथा साहित्य विधातर्फ कर्णाली प्रदेशबाट उनी पुरस्कारका लागि छनोट भएका थिए । सुर्खेत निवासी चौधरी विगत दुई दशकदेखि थारु भाषा, साहित्य, कला, संस्कृतिसम्बन्धी खोज तथा अनुसन्धानमा सक्रिय छन् । उनले कविता, कथा, निबन्ध, गीत आदि विभिन्न विधामा कलम चलाउनुका साथै पुस्तकसमेत प्रकाशित गरिसकेका छन् ।

साझा बिसौनी दैनिकमा हरेक महिनाको दोस्रो बुधवार प्रकाशित हुने थारु भाषाको ‘फूलुवार’ पृष्ठसमेत चौधरीले संयोजन तथा सम्पादन गर्ने गर्दछन् । लेखन तथा सम्पादनमार्फत् थारु भाषा र साहित्यको विकासमा योगदान पु¥याए वापत मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

प्रकाशित मितिः   २८ असार २०८१, शुक्रबार १०:१६