उद्यमशीलता प्रेरणा सम्मेलन सुरु
सुर्खेत: वीरेन्द्रनगरमा उद्यमशीलता प्रेरणा सम्मेलन सुरु भएको छ । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधवारदेखि दुई दिने सम्मेलन सञ्चालनमा आएको हो ।
सम्मेलनको उद्घाटन गर्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्यमशीलता विकास नगरी समृद्धि हासिल गर्न नसकिने बताए । त्यसका लागि युवाहरूलाई उद्यमशील बनाउन सरकार केन्द्रित हुने जनाए । नागरिकलाई उद्यमी बनाउन सरकारले नीतिगतरूपमै काम गर्ने प्रतिबद्धतासमेत जनाए । वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्नका लागि पनि युवाहरूलाई उद्यममा जोड्नु पर्ने कँडेलको भनाइ छ ।
कर्णालीका युवा उद्यमी तथा उद्यम गर्न चाहने युवाहरूका लागि उद्यमशीलता प्रेरणा दिन आयोजित सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका १८ वर्षदेखि ४० वर्षसम्मका युवा उद्यमीहरूको उपस्थिति रहेको छ । कार्यक्रममा उद्यमशीलता विकास, सम्भावना, उद्यम गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट लिन सकिने सेवा सुविधाहरूलगायतका विषयमा जानकारी दिनुका साथै उद्यमशीतला सम्बन्धित सफलताका अनुभवहरू आदान–प्रदान गरिने छ ।
प्रकाशित मितिः २१ असार २०८१, बिहीबार १६:०८
साझा बिसौनी ।