अस्पताल स्तरोन्नतिको योजना अन्योलमा
सुर्खेत: प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ । प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वडा नं. २ मा रहेको स्वास्थ्य केन्द्रलाई शैड्ढया थपेर सेवा विस्तार गर्ने योजना अघि सारेको थियो ।
अहिले संघीय सरकारको लगानीमा १५ शैड्ढयाको अस्पताल निर्माण भइरहेको छ । त्यसैलाई प्रदेश सरकारको लगानीमा ५० शैड्ढयाको अस्पताल निर्माण गर्ने भनिएको थियो । १५ शैड्ढया हुँदै ५० शैड्ढयामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना अलपत्र परेको हो । आगामी आर्थिक वर्षमा बजेट कटौती भएसँगै अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ मा बजेट काटिएपछि अस्पताल स्तरोन्नतिको काम अन्योलमा परेको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारले आफ्नो मातहतमा राख्नेगरी अस्पताल स्तरोन्नतिको योजना अघि सारेको थियो । दुई आर्थिक वर्षमा बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षमा बजेट नै कटौती गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन गरेर अस्पताल स्तरोन्नतिको कार्य अघि बढाइएको थियो । उक्त आर्थिक वर्ष अस्पताल निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको भएपनि कार्यान्वयन भएन । बजेटको स्रोत सुनिश्चित नहुँदा उक्त बजेट कार्यान्वयन हुन नसकेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा समेत बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको छैन ।
पञ्चपुरी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत तयार पारिसकेको छ । अघिल्ला आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन हुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । आगामी आर्थिक वर्षका लागि बजेट नै कटौती हुँदा अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको पञ्चपुरी नगरपालिकाका प्रमुख लालविर भण्डारीले बताए । उनका अनुसार अघिल्ला दुई आर्थिक वर्षमा समेत न्यून बजेट विनियोजन र स्रोत सुनिश्तिता नहुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । आगामी आर्थिक वर्ष २०८१/०८२ मा बजेट नै कटौती हुँदा अस्पताल स्तरोन्नतिको योजना अन्योलमा परेको भण्डारीले बताए । उनले भने, ‘नगरपालिकाले डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन तयार पारेको छ । दुई आर्थिक वर्षमा बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुन सकेको थिएन, आउँदो वर्ष बजेट नै कटौती भयो ।’
चालु आर्थिक वर्षमा ५० शैड्ढयाको अस्पताल स्तरोन्नतिको प्रक्रिया सुरु भएको थियो । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य अनुसार अस्पताल स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो । दुई आर्थिक वर्षमा बजेट विनियोजन गरिएको भएपनि स्रोत सुनिश्चितता हुन नसक्दा ५० शैड्ढयाको अस्पताल स्तरोन्नतिको कार्य अघि बढ्न सकेको थिएन । अस्पताल निर्माण योजना बहुवर्षीयमा नगएको र स्रोत सुनिश्चितता नहुँदा बजेट कार्यान्वयन हुन नसकेको नगरप्रमुख भण्डारीले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० शैड्ढयाको अस्पताल निर्माण गर्न थप तीन करोड बजेट विनियोजन ग¥यो । तर कार्यान्वयन भने भएको छैन । १६ रोपनी जग्गा अस्पतालको नाममा गरिसकिएको प्रमुख भण्डारीले जानकारी दिए ।
५४ करोडको लागत अनुमान
नगरपालिकाले निर्माण गरेको डीपीआर अनुसार ५४ करोडको लागत अनुमान रहेको छ । प्रदेश सरकारले न्यून बजेट विनियोजन गर्ने र बजेट नै कटौती गरेसँगै अस्पताल स्तरोन्नतिको योजना असफल बनेको हो । न्यून बजेट विनियोजन गर्दै आइरहेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेट नै कटौती गरेपछि योजना अघि बढाउन समस्या भएको नगरपालिकाले जनाएको छ । पश्चिमका नागरिकको आवश्यकतासँग जोडिएको विषय भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको नगरप्रमुख भण्डारीले बताए । योजना बोकेर प्रदेश सरकारसँग धाइरहेको उनको भनाइ छ ।
प्रकाशित मितिः १७ असार २०८१, सोमबार ०५:०५

साझा बिसौनी ।