आरसी–३२ को अर्को जित
सुर्खेत: आरसी–३२ स्पोर्ट्स एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ । आइतवार भएको खेलमा रेलिगेसन क्षेत्रमा संघर्षरत गोलबजार स्पोर्ट्स क्लबविरुद्ध २–१ को जित निकालेको छ ।
आरसी–३२ लाई जित दिलाउन सुजन मगर र आशीष लावतीले एक÷एक गोल गरेका छन् । खेलको ३७औँ मिनेटमा सुजनले गोल गर्दै पहिलो हाफमा टिमलाई १–० को अग्रता दिलाए । दोस्रो हाफको ६४औँ मिनेटमा गोलबजारका नरेश राईले एक गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि इन्ज्युरी समयमा आशीषले निर्णायक गोल गरेपछि आरसी–३२ ले तीन अंक बटुल्न सफल भयो । यो जितसँगै शीर्ष स्थानमा उक्लिएको आरसीले नौ खेलबाट १९ अंक जोडेको छ । आरसी–३२ भन्दा पछाडि रहेको वाग्मतीको आठ खेलबाट १७ अंक छ । तालिकाको पुछारमा रहेको गोलबजारले भने नौ खेल खेल्दा पाँच अंक मात्र जोडेको छ ।
प्रकाशित मितिः ७ जेष्ठ २०८१, सोमबार ०५:०१
साझा बिसौनी ।