चट्याङले क्षति
सुर्खेत: चट्याङले क्षति पु¥याएको छ । दैलेखको नौमुले गाउँपालिका ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा बुधवार दिउँसो २ बजेतिर चट्याङमा परी दुई शिक्षकसहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा कक्षा ५ मा अध्ययनरत छात्र नौ वर्षीय विश्व बिकास रावत, कक्षा ९ का यामबहादुर चन्द, कक्षा ७ का छात्रा १३ वर्षीया लक्ष्मी गुरुङ, शिक्षक रमेश सिंह ठकुरी, प्रेमबहादुर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुनिल दाहलका अनुसार एक जनालाई जिल्ला अस्पतालमा रिफर गरिएको छ । अन्य घाइतेहरूको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रमुख दाहालले बताए । विद्यालयको भौतिक संरचनामा समेत क्षति पुगेको उनको भनाइ छ ।
यसैगरी गोठमा चट्याङ पर्दा सल्यानमा आठ चौपाया मरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–५ मैनेनीका लालबीर पुनको गोठमा चट्याङ पर्दा बाँधेर राखेका आठ पशु चौपाया मरेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार राति परेको चट्याङबाट पुनका एक गोरु, दुई गाई, चार बाख्रा र एक बोका मरेका थिए । आठ पशु चौपाया मर्दा एक लाख १५ हजार बराबरको क्षति भएको उनले जानकारी गराए ।
प्रकाशित मितिः २७ बैशाख २०८१, बिहीबार ०५:०१
साझा बिसौनी ।