व्यावसायिक बाख्रापालन तालिम

 

सुर्खेत: पश्चिम सुर्खेतका कृषकलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई लक्षित गरी दुई दिने व्यावसायिक बाख्रापालन तालिम आयोजना गरेको हो ।

संस्थाका कार्यालय व्यवस्थापक उपेन्द्रकुमार थापाले सहकारी तथा उद्यमशीलतासम्बन्धी प्रशिक्षण दिएका थिए भने बेचुलाल चौधरीले बाख्रापालनको उद्देश्य, बाख्राका नश्ल र सुर्खेतको हावापानीमा हुने बाख्राका प्रजातीहरूबारेमा जानकारीको साथै फर्म दर्ताप्रक्रियका बारेमा प्रस्तुतीकरण राखेका थिए । त्यसैगरी पूर्व पशु चिकित्सक तथा प्रशिक्षक नारायणप्रसाद न्यापानेले आधुनिक खोर निर्माण, आहार व्यवस्थापन, घाँस व्यवस्थापन, प्रजनन् व्यवस्थापन, बाख्रालाई लाग्ने रोगहरू, रोग विरूद्ध लगाइने खोप, रोग लागेमा उपचार गर्ने तरिका, स्वच्छ र सरसफाइ आदिका बारेमा प्रशिक्षण दिएका थिए ।

संस्थाका अध्यक्ष बमबहादुर बि.सी.को सभाध्यक्षता तथा पञ्चपुरी नगरपालिका वडा नं. ५ का अध्यक्ष नगेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिममा संस्थामा आवद्ध बाख्रापालक कृषक सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ५ बैशाख २०८१, बुधबार ०५:०२