भलिबलमा कर्णालीको जित

सुर्खेत: कर्णाली प्रदेशले प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलमा विजयी सुरुवात गरेको छ । मंगलवार आफ्नो पहिलो खेलमा कर्णालीको पुरुष भलिबल टिमले मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–२१ ले हराएको कर्णालीले दोस्रो सेट भने २६–२४ ले गुमाएको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै २५–१६ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो जितसँगै कर्णाली अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा बुधवार कर्णालीले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच महिला भलिबलतर्फ भने कर्णाली लुम्बिनी प्रदेशसँग पराजित भएको छ । पहिलो खेलमा सोमवार सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको कर्णाली दोस्रो खेलमा पराजित हुन पुगेको हो । महिला टोलीले तेस्रो खेलमा बुधवार नै मधेस प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मितिः   २८ चैत्र २०८०, बुधबार ०५:०१