भट्टराई कुलवंश प्रतिष्ठानमा नयाँ नेतृत्व

सुर्खेत: भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा काशीराम भट्टराई निर्वाचित भएका छन् । प्रतिष्ठानको शनिवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनले तीन वर्षे कार्यकालका लागि उनलाई प्रदेश अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

उपाध्यक्षमा कृष्णप्रसाद भट्टराई एमव् देवकुमारी भट्टराई, सचिवमा सोम भट्टराई, सह–सचिवमा भागिराम शर्मा र कोषाध्यक्षमा रामलाल भट्टराई चयन भएका छन् । सदस्यहरूमा ज्वारिलाल भट्टराई, शिवप्रसाद भट्टराई, लक्ष्मणचन्द्र भट्टराई, सूर्यप्रसाद भट्टराई, नविन भट्टराई, नन्दराम भट्टराई, बलराम भट्टराई, सर्मीला भट्टराई र हुमलाल भट्टराई छन् । त्यसैगरी गिता भट्टराई, विनोद भट्टराई, शोभा भट्टराई, रोशन भट्टराई, प्रेमप्रसाद भट्टराई, भानुभक्त भट्टराई र निरकप्रसाद भट्टराई पनि सदस्यमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट महाअधिवेशन प्रतिनिधिमा ललित भट्टराई, लक्ष्मी प्रसाद भट्टराई, डिलाकुमारी भट्टराई, खगेन्द्र प्रसाद भट्टराई र आत्माराम भट्टराईलाई चयन गरिएको छ । भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद उपाध्याय भट्टराई, केन्द्रीय सदस्य बालकृष्ण भट्टराई, सुर्खेत जिल्ला अध्यक्ष रेशम भट्टराईलगायतको सहभागितामा अधिवेशन गरिएको हो ।

प्रकाशित मितिः   २७ फाल्गुन २०८०, आईतवार ०५:०२