राष्ट्रिय महिला लिग सुर्खेतमा

सुर्खेत: अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । एन्फाको सोमवार बसेको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो ।

एन्फाको नियमित साधारणसभाले पारित गरेको वार्षिक क्यालेन्डरअनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल २३ चैतदेखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ । एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रूपमा रहने जानकारी दिए । सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट हुने राईले बताए ।

यस बारे विस्तृत विवरण र खेलतालिका केही समयमा सार्वजनिक हुने राईले जानकारी दिए । एन्फाले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघ सहआयोजकका रूपमा रहनेछन् । सातै प्रदेश फुटबल एशोसिएसनसँग छलफल गरेपछि एन्फाले प्रतियोगिता गर्ने मिति तय गरेको हो ।

प्रकाशित मितिः   २३ फाल्गुन २०८०, बुधबार १०:२७