तेस्रो ‘कर्णाली एक्सपो’ सुरु
सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्सपो सुरु भएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मंगलवार एक्सपो उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै उनले सरकारले विकास निर्माणको गतिलाई तीव्रता दिएको बताए । देशलाई समृद्ध बनाउने लक्ष्यसहित काम गरिरहेको खड्काको भनाइ थियो ।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समृद्ध कर्णालीको सपना पूरा गर्ने प्रक्रियामा आफूहरू लागिरहेको बताएका छन् । सरकार तथा निजी क्षेत्र मिलेर कर्णालीको विकासमा योगदान पु¥याउनुपर्ने उनको भनाइ थियो ।
प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले सत्ता र शक्तिको भरमा मुलुक चलाउन नपाइने धारणा व्यक्त गरे । उनले सरकार सञ्चालनमा रहेका प्रतिनिधिहरूले सत्ताको दुरूपयोग गरेको टिप्पणीसमेत गरेका छन् ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले निजी क्षेत्रहरू उत्पादनमा अग्रसर हुनुपर्ने जनाए । उनले सेवामुखी व्यवसाय भन्दापनि उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
एक्सपो फागुन २३ गतेसम्म सञ्चालन हुने आयोजक सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षमा लक्ष्मण कँडेलले जानकारी दिए । कर्णालीको व्यापार तथा पर्यटन प्रवद्र्धन र प्रचारप्रसारसँगै यहाँका संस्कृती, जडिबुटी र सम्भावनाको उजागर गर्नु यसको उद्देश्य रहेको उनको भनाइ थियो ।
प्रकाशित मितिः १६ फाल्गुन २०८०, बुधबार ०८:५६
साझा बिसौनी ।