सिद्धपाइलाको १६औँ वाषिकोत्सव

सुर्खेत: सिद्धपाइला इङ्लिस मिडियम बोडिङ्ग स्कूलले आफ्नो १६औँ वाषिकोत्सव मनाएको छ । शनिवार विद्यालयमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले विद्यालयले अवलम्बन गरेको सिकाइ प्रक्रिया प्रभावकारी रहेको बताए । उनले समायानुकूल शिक्षण पद्धति अबलम्वन गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक नैनसिंह खत्रीले विद्यार्थीलाई जीवनपयोगी सीपसँगै गुणस्तरीय शिक्षामा जोड दिने गरिएको बताए । उनले परम्परागत शिक्षण विधिको अन्त्य गर्दै प्रविधिको अधिकतम् प्रयोगका साथ जीवनपयोगी शिक्षा प्रदान गर्ने गरिएको बताए ।

कक्षा नर्सरीदेखि १२ सम्म पढाइ हुने विद्यालयमा विभिन्न विषयसँग सम्बन्धित शिक्षण कार्यका लागि सिकाइ ल्यावहरू स्थापना गरिएको छ । उक्त सिकाइ केन्द्रमा विद्यार्थीहरूले प्रयोगात्मक अभ्यासहरू गर्दै पढ्दै सिक्दै आएको विद्यालयकी सहायक प्रधानाध्यापक हिराकुमारी क्षेत्रीले बताइन् । ‘पाठ्यक्रमा समावेश भएका विषयलाई हामीले प्रयोगात्मक रूपमा सिकाउछौँ, जसले विद्यार्थीलाई बुभ्न र हामीलाई बुझाउन सहज भएको छ,’ क्षेत्रीले भनिन्, ‘यसमा विद्यार्थीहरू पनि सक्रियरूपमा सहभागी हुन्छन्, हाम्रो उद्देश्य के हो भने विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यावहारिक सीपसँग जोड्दै सिकाइलाई सहज बनाउनु र योग्य विद्यार्थी उत्पादन गर्नु हो ।’

प्रकाशित मितिः   १३ फाल्गुन २०८०, आईतवार ०५:०१