पर्यटन प्रवर्द्धन गर्न बस्ती विकास

 

सुर्खेत: सरकारले पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भिœयाउने लक्ष्य सरकारको छ । डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको छ ।

शे–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ र ८ को बस्तीलाई एकीकृत गरेर बस्ती विकास गर्न लागिएको हो । चालु आर्थिक वर्षबाट उक्त काम थालिएको छ । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशकै गौरवको शे–फोक्सुन्डो तालको संरक्षण र प्रवद्र्धनका लागि तालको किनाराको बस्तीलाई विकास गर्न लागिएको मन्त्री कृष्णकुमार बिसीले बताए । उनका अनुसार शे–फोक्सुन्डो ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ ।

पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पाँच करोड विनियोजन गरेको बिसीले बताए । स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको उनले जनाए । ‘शे–फोक्सुन्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेका छन्,’ मन्त्री बिसीले भने, ‘तालको दक्षिणी छेउमा रहेको रिंग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित गर्न लागिएको हो ।’

‘शे–फोक्सुन्डो तालको अवलोकनमा गएका पर्यटकले धेरै सास्ती पाउने गरेका छन्,’ मन्त्री बिसीले भने,‘तालको दक्षिणी छेउमा रहेको रिंग्मो गाउँमा आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थीत गर्न लागिएको हो ।’

 

प्रदेश सरकारको पाँच करोड र संघीय सरकारको पाँच करोड गरेर दश करोड लगानीमा यो वर्ष बस्ती विकासको काम थालिएको छ । तालको संरक्षण गर्ने, धार्मिक महŒवका संरचना निर्माण गर्ने, रिंग्मो गाउँलाई एकीकृत रूपमा विकास गर्ने कार्यक्रम रहेको पूर्वाधार विकास कार्यालय डोल्पाले जनाएको छ । बहुवर्षीय योजना भएकाले अहिले प्रि–फिजिबिलिटी अध्ययन भइरहेको छ । पहिलो चरणको काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख नवीन थापाले बताए । उनका अनुसार ताल हेर्न आउने पर्यटक रिंग्मो बस्तीमा बस्छन् । अहिले उक्त बस्तीलाई आवश्यक पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन थालिएको हो ।

वरिपरि पहाड र बीचमा फोक्सुण्डो ताल रहेको छ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट तीन हजार ६ सय ११ मिटर उचाइमा रहेको तालको लम्बाइ चार दशमलव आठ किलोमिटर र चौडाइ एक दशमलव ६ किलोमिटर छ । गहिराइ ६ सय ५० मिटर छ ।

तालको दक्षिणी छेउमा रिंग्मो गाउँ छ । जुन गाँउमा पर्यटकको आतिथ्यताका लागि होटल तथा लजहरू रहेका छन् । प्रदेश र संघीय सरकारले रिंग्मो गाउँलाई आवश्यक पूर्वाधार निर्माण गरेर बस्ती विकास गर्ने लक्ष्य अनुरूप काम अघि बढाएको छ । पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भिœयाउने लक्ष्य सरकारले राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर काम अघि बढाइएको हो । पहिलो वर्ष दश करोड बजेट विनियोजन भएको छ ।

 

मानसरोवर प्रवेशद्वारमा पूर्वाधार निर्माण

यसैबीच हुम्लाको सिमकोट गाउँपालिका र खार्पूनाथ गाउँपालिकाको सिमानामा मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार कार्यक्रम सुरु गरिएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको हो । प्रदेश सरकारको नौ करोड र संघीय सरकारको नौ करोड बजेटमा पूर्वाधार निर्माणको काम थालिएको हो ।

सिमकोट गाउँपालिकाको वडा नं. ५ र ६ तथा खार्पूनाथ गाउँपालिकाको वडा नं. ५ मा पर्यटन पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैशीले बताए । दश किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गरिनेछ । यसैगरी तीन वटा विद्यालयको भवन निर्माण, खार्पुनाथमा रहेको शिवमन्दिरको समेत स्तरोन्नति गरिने जैशीले जानकारी दिए । उनका अनुसार संघ र प्रदेश सरकारको संयुक्त लगानीमा पर्यटन पूर्वाधारका काम अघि बढाइएको हो । यो वर्ष १८ करोड बजेट विनियोजन भएको छ ।

प्रकाशित मितिः   १३ फाल्गुन २०८०, आईतवार ०५:०५