ब्राइटल्याण्डमा फूड फेस्टिवल

सुर्खेत: वीरेन्द्रनगर–११ पीपीरामा रहेको ब्राइटल्याण्ड सेकेण्डरी स्कुलमा फूड फेस्टिवल गरिएको छ । विद्यार्थीहरूको अग्रसरतामा स्थानीय खानाको परिकारसहित फेस्टिवल कार्यक्रम गरिएको हो । विद्यार्थीहरूले विद्यालयमै तयार पारेका परिकारहरू १२ वटा स्टलसहित प्रदर्शनी गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर–११ का वडाध्यक्ष खिमलाल देवकोटाले विद्यार्थीलाई पढाइ मात्र नभइ चौतर्फी ज्ञानको विकास गराउनमा यस्ता गतिविधिले सहयोग पु¥याउने बताए । प्याब्सनको कर्णाली प्रदेश अध्यक्ष खड्क कुँवरले बालबालिकालाई पढाइसँगै अतिरिक्त क्रियाकलापले सिकाइ प्रक्रिया सहज हुने जनाए ।

अतिरिक्त क्रियाकलापमार्फत् विद्यार्थीहरूको सिकाइ प्रभावकारी बनाउनका लागि फेस्टिवल कार्यक्रम आयोजना गरिएको विद्यालयका फाउण्डर बालदिप कँडेलले जनाए । वीरेन्द्रनगरमा रहेका अन्य संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूले फेस्टिवलमा सहभागितासहित प्रदर्शनी अवलोकन गरेका थिए । कार्यक्रममा साङ्गीतिक प्रस्तुतिसमेत देखाइएको थियो ।

 

प्रकाशित मितिः   २९ माघ २०८०, सोमबार ०५:०१