‘फल्स फ्रन्ट पेज’माथि विमर्श
सुर्खेत: पत्रकार कलेन्द्र सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ माथि विमर्श गरिएको छ । शनिवार वीरेन्द्रनगरमा विमर्श कार्यक्रम गरिएको हो ।
पुस्तकबारे टिप्पणी गर्दै मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले यो पुस्तक पत्रकारिताको ऐना भएको बताए । समाजको ऐनाका रूपमा रहेको पत्रकारिताले आफूलाई पनि ऐनामा हेर्नुपर्ने भन्दै उनले फल्स फ्रन्ट पेज त्यहीँ ऐनाको रूपमा आएको उल्लेख गरे ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले पत्रकारिताले बाटो बिराउँदा पत्रकारले नै सचेत गराएको रूपमा पुस्तकको प्रशंसा गरे । त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले सञ्चारमाध्यमका प्राथमिकता र कमजोरीलाई पुस्तकमा औंल्याइएको भन्दै यसले पत्रकारिता क्षेत्रलाई थप सुधार गर्न सघाउ पु¥याउने धारणा व्यक्त गरे ।
पुस्तकका लेखक सेजुवालले पत्रकारिताभित्रका गलत अभ्यास र कमजोरीहरूमाथि पनि खुलेर विमर्श गरिनुपर्नेमा जोड दिए । त्यहीँ उद्देश्यले पुस्तक लेखिएको उनको भनाई थियो । विमर्श कार्यक्रम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणी गौतमको अध्यक्षतामा भएको हो ।
प्रकाशित मितिः २१ माघ २०८०, आईतवार ०५:०२
साझा बिसौनी ।