औषधि व्यवसायी संघको अध्यक्षमा खड्का
सुर्खेत: नेपाल औषधि व्यवसायी संघ सुर्खेतको अध्यक्षमा रणबहादुर खड्का चयन भएका छन् । संघको शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो साधारणसभाले पुनःखड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा सेतुराम पाण्डे, थोक उपाध्यक्षमा दीर्घाकुमारी बुढाक्षेत्री, खुद्रा उपाध्यक्षमा पूर्णबहादुर रानामगर र महासचिवमा मंगलकुमार शर्मा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा दीपाकुमारी गाहा, सचिवमा निरक गुरूङ, उपकोषाध्यक्षमा हरि खड्का र सदस्यहरूमा कृष्णाकुमारी बोहोरा, सनिसरा महतम, नयाँराम न्यौपाने, टीकाकुमारी थानी र रामलिला चयन भएका छन् ।
साधारणसभामा संघका केन्द्रीय सदस्य कृष्णबहादुर रोकाय, कर्णाली प्रदेश अध्यक्ष प्रेम भण्डारी, सल्याहकार विष्णुबहादुर खड्कालगायतले राज्यसंग समन्वय तथा सहकार्य गरेर व्यावसायिक हकहितका लागि काम गर्न संघलाई सुझाव दिएका थिए ।
प्रकाशित मितिः २० माघ २०८०, शनिबार ०५:०२
साझा बिसौनी ।