ड्रागन फ्रुट उत्पादन किसान संघमा घर्ती
सुर्खेत: ड्रागन फ्रुट उत्पादन किसान संघ सुर्खेतको अध्यक्षमा हिराबहादुर घर्ती चयन भएका छन् । शनिवार सम्पन्न संघको साधारण सभाले घर्तीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा पद्माकुमारी रावत बुढा, सचिवमा महेन्द्रप्रसाद खनाल र कोषाध्यक्षमा समीर खत्री चयन भयका छन् । यसैगरी सदस्यहरूमा मनिषा डाँगी, ज्ञानबहादुर नेपाली र परशुराम धमला रहेका छन् । संघले ड्रागन उत्पादन गर्दै आएका किसानको विषयमा काम गर्दे आएको छ ।
प्रकाशित मितिः १४ माघ २०८०, आईतवार ०५:०२
साझा बिसौनी ।