मानवसेवा आश्रममा विद्यार्थीद्वारा मुठ्ठीदान
सुर्खेत: वीरेन्द्रनगर–११ पिपिराको ब्राइटल्याण्ड सेकेन्डरी स्कुलका विद्यार्थीले मुठ्ठीदान गरेका छन् । मानवसेवा आश्रमलाई सहयोगार्थ विद्यार्थीहरूले शुक्रवार मुठ्ठीदान गरेका हुन् ।
विद्यार्थीमा दानको भावना जगाउन आश्रममै पुगेर मुठ्ठीदान गराएको विद्यालयका प्रिन्सिपल माधव भण्डारीले बताए । सहिद सप्ताह एवम् स्कुलको खेलकुद सप्ताहको अवसर पारेर विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आ–आफ्नो गच्छेअनुसार खाद्यन्न, तरकारीलगायत नगद संकलन गरी खाद्यवस्तु दान गरेका हुन् ।
मुठ्ठीदान कार्यक्रमका लागि स्कूलबाट हरेक कक्षाका प्रतिनिधी विद्यार्थीहरू माानव सेवा आश्रममा पुगेका थिए । विद्यार्थीहरूले लिएको दानलाई आश्रमका स्वयम्सेवक रक्षा मल्ललाई हस्तान्तरण गरिएको छ ।
स्कूलका संस्थापक अध्यक्ष बालदिप कँडेलले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले यस वर्ष पहिलो पटक मानव सेवा आश्रममा विद्यार्थीलाई मुठ्ठीदान गराएको बताए । विद्यार्थीहरूलाई सडक मानवले भोग्नु परेको समस्या बुझ्न र सहयोगी भावना विकास गराउन विद्यालयले हरेक बर्ष यस्ता कार्यक्रम गर्ने अध्यक्ष कँडेलको भनाइ छ । दान गर्नुअघि विद्यार्थीले विभिन्न नृत्यसमेत प्रस्तुत गरेका थिए ।
प्रकाशित मितिः १३ माघ २०८०, शनिबार ०५:०२
साझा बिसौनी ।