कर्णाली पराजित

सुर्खेत: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश पराजित भएको छ । सोमवार भएको खेलमा बागमतीले कर्णालीलाई सात विकेटले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको ७९ रनको लक्ष्य पछ्याएको बागमतीले १३ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा ग¥यो । बागमतीका लागि इसान पाण्डेले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै रविन जोशीले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ कर्णालीका लागि दिपेश पुनले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २४ ओभर दुई बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७८ रन बनायो । कर्णालीका लागि अर्जुन घर्तीले २३ रन बनाए । त्यस्तै निश्चल रावलले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रिजन ढकालले सर्वाधिक पाँच विकेट लिए । उनले सात ओभर बलिङ गर्दै २५ रन खर्चे । त्यस्तै क्रिजन गुरुङले दुई विकेट लिँदा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले एक–एक विकेट लिए । पाँच खेल खेल्दा कर्णालीले दुई जीत र तीन हार बेहोरेको छ ।

प्रकाशित मितिः   ९ माघ २०८०, मंगलवार ०५:०२