विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण
जुम्ला: सिमकोट विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरणको सिमकोट शाखाले विमानस्थलको जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो ।
कार्यालयले विमानस्थलको पश्चिमतर्फ अधिग्रहण हुने जग्गाको क्षेत्रफलसहित जानकारीका लागि एक हप्ते सूचना सार्वजनिक गरेको छ । विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले अधिग्रहणगर्न लागिएको जग्गाका लागि पहिलो काम जग्गा अधिग्रहणहुने सूचना सार्वजनिक गरिएको बताए ।
विमानस्थलको पश्चिमपट्टिको ६० दशमलव ८० रोपनी जग्गा अधिग्रहणगर्न प्रारम्भिक सूचना जारी भएको छ । जग्गा अधिग्रहणका लागि यो जानकारी दिने सूचना आवश्यक पर्छ । यसलगत्तै जग्गाधनीको नाम र अधिग्रहणहुने जग्गाको क्षेत्रफल राष्ट्रिय पत्रिकामा प्रकाशन गरिनेछ ।
जग्गा अधिग्रहण गरेर हालको विमानस्थललाई थप एक सय ५० मिटर बढाउन लागिएको छ । सिमकोट विमानस्थलको लम्बाइ साढे सात सय मिटर छ । नयाँ जग्गा अधिग्रहणभएपछि विमानस्थलको लम्बाइ साढे नौ सय मिटर पुग्नेछ । यसबाट ४५ सिटे जहाजलाई विमानस्थलमा अवतरण गर्न सक्ने जनाइएको छ । १४ देखि १८ सिटे साना जहाजले मात्र सिमकोट विमानस्थलमा अवतरण गर्दै आएका छन् । जसले गर्दा हवाई यात्रुको चाप लाग्ने गरेको छ । यात्रुको चाप बढेसँगै ठूला जहाज सञ्चालन हुनेसक्ने गरी विमानस्थल विस्तार गर्न लागिएको हो । विमानस्थल विस्तारका लागि संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा समेटेको थियो ।
प्रकाशित मितिः २ माघ २०८०, मंगलवार ०५:०१
साझा बिसौनी ।