सरकारको उपलब्धि सार्वजनिक
सुर्खेत: कर्णाली प्रदेश सरकारले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । शनिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सरकारले एक वर्षदिनभरी गरेको उपलब्धि विवरणहरू सार्वजनिक गरिएको हो ।
भौतिक पूर्वाधारतर्फ सडक निर्माणलाई सरकारलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको जनाएको छ । ३३.६ किलोमिटर पक्की सडक र डेढसय किलोमिटर ग्राभेल सडक निर्माण गरेको दाबी मुख्यमन्त्री राजकुमार शर्माले गरे । उनले सात सय २५.०५ किलोमिटर नयाँ सडकको ट्याक खोलेको, ५१ वटा झोलुङ्गे पुल र सात वटा सडक पुल निर्माण गरेको जनाएका छन् ।
त्यस्तैगरी दुई हजार दुई सय ६९ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याएको, प्रदेशलाई पूर्ण खोप घोषणा गरेको, प्रदेश अस्पतालको स्तरोन्नति, प्रदेश प्रयोगशालाको स्थापना, ४१ लाख नागरिकलाई बहिरङ्ग र ४० हजारलाई अन्तरङ्ग स्वास्थ्य सेवा उपलब्ध गराएकोलगायतका विवरण मुख्यमन्त्रीको उपलब्धि सूचिमा समावेश गरिएको छ ।
यो एक वर्षमा नौ लाख विरुवा उत्पादन गर्नुका साथै दुई सय ५७ हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरिएको छ । एक लाख तीन हजार जनसंख्यालाई खानेपानी पु¥याएको, दुध उत्पादक कृषकलाई प्रोत्साहनका लागि एक करोड २७ लाख रूपैयाँ बाँडेको, प्रत्येक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेर नागरिकलाई मौसमी रोजगारी दिन सफल भएको मुख्यमन्त्री शर्माले बताए ।
त्यति मात्रै होइन पाँच हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको दाबी पनि गरिएको छ । विभिन्न शीर्षकमा पाँच हजार दुई सय विद्यार्थीलाई छात्रवृत्ति दिएको जनाइएको छ । जसमध्ये ६ सय २७ जनालाई छोरी÷बुहारी छात्रवृत्ति, एक सय ४५ जनालाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति, चार सय १४ जनालाई अपाङ्ग छात्रवृत्ति, एक सय ६७ जनालाई जेहेन्दार छात्रवृत्ति, नौ जनालाई सहिद सन्तती छात्रवृत्ति र तीन हजार जना विद्यार्थीलाई सिमान्तकृत छात्रवृत्ति दिएको मुख्यमन्त्री शर्माले दाबी गरे ।
शर्मा मुख्यमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको छ । यो एक वर्ष अपेक्षित उपलब्धिमूलक नभएको भन्दै आलोचना भइरहेको छ । उनी गत वर्ष पुस २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रकाशित मितिः २९ पुष २०८०, आईतवार ०५:०१
साझा बिसौनी ।