आभूषण संघको अध्यक्षमा घिमिरे
सुर्खेत: कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघ सुर्खेतको अध्यक्षमा दिनेश घिमिरे चयन भएका छन् । संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा सन्तोषकुमार बराइली, प्रथम उपाध्यक्षमा कमल खड्का, द्वितीय उपाध्यक्षमा गोविन्द गहतराज, महासचिवमा मदनकुमार सिंह, कोषाध्यक्षमा गणेश गौतम र सचिवमा सुरेन्द्र विश्वकर्मा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा जंगबहादुर सुनार, झपेन्द्र गहतराज, नरबहदुर सुनार, राजकुमार सुनार, नवीन लोहनी, वीरबहदुर सुनार (प्रकाश), दिपक सुनार, वीरबहादुर सुनार, सुरज विश्वकर्मा र महेश पाटिल रहेका छन् ।
अध्यक्ष घिमिरेले जिम्मेवारीलाई इमान्दारितापूर्वक बहन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले निष्ठाका साथ व्यवसायीहरूको हकहित र अधिकारको सुरक्षाका लागि काम गर्ने जनाए । सभामा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ केन्द्रीय अध्यक्ष सुरेशमान श्रेष्ठ, सचिव नीरबहादुर विक र प्रदेश संयोजक मणि किशोर पाण्डे लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २३ पुष २०८०, सोमबार १२:२७
साझा बिसौनी ।