प्राइमको वार्षिक कारोबार डेढ अर्ब

सुर्खेत: प्राइम बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले एक वर्षमा एक अर्ब ६९ करोड ९४ लाख ९९ हजार बराबरको कारोबार गरेको छ । यो आर्थिक वर्ष २०७९/०८० को कूल कारोबार हो । चालु आर्थिक वर्ष २०८०/०८१ मा कारोबार रकम वृद्धि गरेर एक अर्ब ८० करोड पुर्‍याउने लक्ष्य राखिएको छ ।

कारोबारसँगै शेयर पुँजी पनि वृद्धि गर्ने जनाइएको छ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न २३औँ वार्षिक साधारणसभामा दिइएको जानकारीअनुसार आर्थिक वर्ष २०८०/०८१ मा शेयर पुँजी विस्तार गरेर १२ करोड ३० लाख पु¥याउने लक्ष्य निर्धारण गरिएको हो । आ.व. २०७९/०८० मा ७९ करोड ७३ लाख ९३ हजार रूपैयाँ कर्जा लगानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २९ करोड ६३ लाख १३ हजारले बढी हो ।

सभामा सचिव विनोद बस्नेतद्वारा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार चालु आर्थिक वर्षमा जिल्लाका आर्थिक क्षेत्र पहिचान गरेर विभिन्न स्थानीय तहमा सेवा केन्द्रहरू विस्तार गरिनेछ । त्यसैगरी बचत तथा लगानीलाई थप सशक्त बनाउँदै डिजिटल मोबाइल बैंकिङ सेवासमेत सञ्चालनमा ल्याउने जनाइएको छ । यसबाहेक सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि निरन्तरता दिइने छ । सञ्चालक समितिका अध्यक्ष भूषणकुमार मानन्धरको अध्यक्षतामा सभा सञ्चालन गरिएको हो ।

प्रकाशित मितिः   २२ पुष २०८०, आईतवार ०५:०२