आजदेखि भलिबल प्रतियोगिता
सुर्खेत: वीरेन्द्रनगरमा आज (शुक्रवार) देखि ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका लागि सबै तयारी पूरा भएको जनाइएको छ । सात प्रदेश र तीन विभागीयसहित दश वटा समूहको सहभागिता रहने प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुनेछ । यही प्रतियोगिताको प्रदर्शनका आधारमा नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ ।
२५ वर्षपछि सुर्खेतमा हुन लागेको राष्ट्रियस्तरको भलिबल प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ भने कर्णाली प्रदेश भलिबल संघले व्यवस्थापन गरेको छ । नेपाल भलिबल संघको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मितिः २० पुष २०८०, शुक्रबार ०५:०२
साझा बिसौनी ।