नेल्टाको प्रदेश अध्यक्षमा शर्मा

सुर्खेत: नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा धनीराम शर्मा चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो वार्षिक साधारणसभाले शर्माको अध्यक्षतामा सर्वसम्मत प्रदेश कार्य समिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा चित्रबहादुर खत्री, उपसभापतिमा महेश शाही, महासचिवमा बेतेन्द्रकुमार दहाल, सचिवमा प्रकाश जैसी, सदस्यता सचिवमा शेरबहादुर खड्का र कोषाध्यक्षमा खगेन्द्रबहादुर शाही चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा क्रमशः राजकुमार शर्मा, लक्ष्मीप्रसाद बास्तोला, टीका तामाङ, पार्वती कुमारी पोखरेल, यज्ञप्रसाद शर्मा, नवराज पौडेल, रामचन्द्र रेग्मी, नरेन्द्रबहादुर शाही, प्रकाश शाही, खगेन्द्रप्रसाद भट्टराई, दलबहादुर शाही (पदेन सदस्य), शंकर रावल (पदेन सदस्य), दिल्ली राम आचार्य (पदेन सदस्य) र विष्णु कुमार खड्का (निवर्तमान सभापति) रहेका छन् ।

सभामा नेल्टाका केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवालीले अंग्रेजी भाषा शिक्षक संघ र शिक्षकहरूको व्यावसायिक विकासका विषयमा प्रस्तुती राखेका थिए । कार्यक्रममा नेल्टाका संस्थापक प्रदेश सभापति विष्णुकुमार खड्का, सल्लाहकार वासुदेव कार्की, नेल्टा सुर्खेतका अध्यक्ष दलबहादुर शाही, दैलेखका अध्यक्ष दिल्लीराम आचार्य, रुकुम पश्चिमका अध्यक्ष शंकर रावललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मितिः   १ पुष २०८०, आईतवार ०५:०१