संगम सहकारीको साधारणसभा
सुर्खेत: संगम बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर–८, सुर्खेतको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिलाकुमारी भट्टराईको अध्यक्षतामा तथा जिल्ला सहकारी संस्थाका व्यवस्थापक ढाकाराम न्यौपानेको प्रमुख आतित्थ्यतामा शनिवार साधारण सभा भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को संशोधित नीति कार्यक्रम तथा आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रस्तावित कार्यकमहरू पेश भएको थियो । कोषाध्यक्ष शेरबहादुर खड्काले आर्थिक वर्ष २०७९÷०८० को दुई करोड २८ लाख २९ हजार बराबरको यथार्थ आय–व्ययका साथै आर्थिक वर्ष २०८०/०८१ को तीन करोड दुई लाख ३६ हजार बराबरको संशोधित आय–व्यय र आर्थिक वर्ष २०८१/०८२ को लागि तीन करोड ३२ लाख ५६ हजार बराबरको प्रस्तावित आय–व्यय समेत प्रस्तुत गरेका थिए ।
वार्षिक कार्यक्रम अनुसार शैक्षिक सत्र २०७८ सालको एसईईमा उत्कृष्ट अंक ल्याइ उत्तिर्ण हुने शेयर सदस्यका छोराछोरीमध्येबाट दुईसहित असल मासिक बचतकर्ता टीका ज्ञवाली, असल बालबचतकर्ता निशु गिरीलाई पुरस्कृत गरिएको छ भने ज्येष्ठ सदस्य पार्वती भट्टराई र शेरबहादुर खड्कालाई सम्मान गरिएको संस्थाका संस्थापक सल्लाहकार कांशीराम भट्टराईले जानकारी दिए ।
प्रकाशित मितिः १७ मंसिर २०८०, आईतवार १२:१२
साझा बिसौनी ।