भूकम्प प्रभावितलाई सहयोग गर्न सांगीतिक साँझ

 

 

सुर्खेत: भूकम्पबाट प्रभावित क्षेत्रका महिलाहरूको सहयोगार्थ साङ्गीतिक साँझ हुने भएको छ । श्री ज्योति फाउन्डेसनको आयोजनामा शुक्रवार साँझ गर्न लागिएको हो ।

सांगीतिक साँझमा कलाकारहरू तिलकसिंह पेला, शिशिर योगी र राज सिग्देल लगायतका अन्य कलाकारले प्रस्तुति दिनेछन् । उक्त साँझको टिकटबाट संकलन भएको रकम जाजरकोट र रूकुमपश्चिमका भूकम्प प्रभावित महिला तथा बालबालिकाहरूलाई सहयोगमा खर्च गरिने जनाइएको छ ।

भूकम्प प्रभावित महिला र बालबालिकाको पुनस्र्थापना र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको फाउण्डेशनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिएइन् । कार्यक्रममार्फत ३० लाख हाराहारी सहयोग रकम जुट्ने अनुमान गरिएको छ । यसमध्ये आन्तरिक खर्च कम्तीमा पाँच लाख अनुमान गरिएको छ । कार्यक्रम दिउँसो ४ बजेदेखि वीरेन्द्रनगरस्थित सुर्खेत सभाहलमा हुनेछ ।

लैंगिक हिंसा, यौन दुव्र्यवहार, घरेलु हिंसा, मानव बेचबिखन, छाउपडी र बालविवाहजस्ता समस्याबाट ग्रसित कर्णालीका महिला तथा बालिकाहरूको पक्षमा वकालत गर्दै पीडकलाई कानुनी दायरामा ल्याइ पीडितलाई न्याय दिलाउने उद्देश्यले फाउन्डेसन स्थापना भएको अध्यक्ष कटुवालले बताइन् ।

प्रकाशित मितिः   १५ मंसिर २०८०, शुक्रबार १०:१७