वडा कार्यालयको भवन उद्घाटन

 

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ ले अबदेखि आफ्नै भवनबाट सेवा दिने भएको छ । नवनिर्मित भवनको मंगलवार उद्घाटन गरिएको छ । नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले उद्घाटन गरेकी हुन् ।

नगरपालिका, प्रदेश सरकार र वडा कार्यालयको संयुक्त लगानीमा भवन निर्माण गरिएको हो । दुई करोड लागतमा भवन निर्माण गरिएको वडाध्यक्ष जनकबहादुर रावलले जानकारी दिए । भवन उद्घाटन गर्दै नगरप्रमुख ढकालले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरिन् । उनले भनिन््, ‘व्यवस्थित वडा कार्यालय भवन निर्माण भएको छ, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहजसँगै सेवा प्रभावकारी बन्नेछ ।’

स्थानीय तहबाटै व्यवस्थीत सेवा प्रवाहमा सहज हुने उनको भनाइ छ । नगर प्रमुख ढकालले नागरिकलाई सेवा प्रवाह गर्ने नजिकको सरकार वडा कार्यालय भएको बताउँदै वडाबाट दिइने सेवाहरू जति व्यवस्थित तरिकाले दिन सक्यो त्यति नै नेपालको सविंधान कार्यन्वयन भएको नागरिकहरूले अनुभुति गर्ने बताइन् ।

प्रकाशित मितिः   १५ कार्तिक २०८०, बुधबार ०५:०१