पिपलबोटको २१औँ साधारण सभा
सुर्खेत: वीरेन्द्रनगरमा रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा सभा सम्पन्न गरिएको हो ।
सभामा संस्थाका अध्यक्ष बलबहादुर सार्कीले वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी वर्षको बजेट, डिल्लीराम लम्सालले आन्तरिक लेखापरिक्षण प्रतिवेदन, मनिराम भण्डारीले ऋण उपसमितिको प्रगति प्रतिवेदन, मानबहादुर बसेलले शिक्षा उपसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको कूल पुँजी २० करोड पुगेको जनाइएको छ ।
सभाकै अवसरमा विभिन्न विधामा गरेर २९ जना शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ । संस्थाका सचिव गणेशमान खनालका अनुसार २७ जनाबाट सुरुवात भएको सहकारीले हाल दुई हजार आठ सयभन्दा बढी सदस्य पु¥याएको छ ।
यसैगरी संस्थाले आगामी वर्षका लागि करिव २५ करोडको वासलात रहनेगरी नीति तथा कार्यक्रम पारितसमेत गरेको छ । संस्थाका अध्यक्षसार्कीको अध्यक्षता तथा कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालसहितको सहभागिता रहेको संस्थाका प्रबन्धक रमेश खनालले जानकारी दिए ।
प्रकाशित मितिः २८ आश्विन २०८०, आईतवार ०५:००
साझा बिसौनी ।