‘मैले कक्षा एकमा तीन वर्ष पढें’
जीतबहादुर शाह सुर्खेतका जिल्ला शिक्षा अधिकारी हुन् । वि.सं. २०२० भदौ ८ गते आमा पशुपति शाह र बुबा नरबहादुर शाहका जेठो छोराको रूपमा कालागाउँ गाविस सल्यानमा जन्मिएका शाहले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी सुनाए :
अलि–अलि दुःख, अलि–अलि सुख
मेरो बाल्यकाल एकै प्रकारको रहेन । अलि–अलि दुःख, अलि–अलि संघर्ष र अ–िलअलि सुखको त्रिवेणी हो, मेरो बालापन । पाँच भाइबहिनीमध्ये म जेठो छोरा हुँ । सानोमा जिद्दी स्वभावको थिएँ । हामी भाइबहिनीहरूकोे उमेरमा एक अर्काबीच चार वर्षको फरक छ । अझै पनि कता कता याद आउँछ । आमाबुबा खेतबारीमा काम गर्न जाँदा मैले भाइबहिनी हेर्ने काम गर्थे । कहिलेकाहीं आमा ढिलो गर्दा भाइबहिनीलाई भोकाएपछि हातका औँला चुसाएर झुलाउने गर्थें । साथीहरू मिलेर खेल्न गएको अझै पनि याद छ ।
सानैदेखि अन्याय विरोधी
म सानैदेखि अन्याय सहन सक्दैन थिएँ । कसैले अन्याय गरेको छ भने त्यसको प्रतिकार गरिहाल्थें । आमाले पनि अन्याय सहनुहुन्थेन । उहाँबाट मैले अन्याय सहनुहुन्न भन्ने सिकेको थिएँ । आमाले भन्नुहुन्थ्यो ‘आफूले गलत गर्नु हुन्न । यदि कसैले गलत गरेको छ, अन्याय गरेको छ भने त्यसको विरुद्धमा लाग्नुपर्छ ।’ मलाई सानो छँदा खेल्न मन पथ्र्यो । साथीहरूसँग खेल्न जान्थें । भलिबल, डण्डीबियो, कपर्दी खेल हामी खुब खेल्थ्यौं । विद्यालयबाट भलिबल खेल्न अन्य विद्यालयमा जानुपथ्र्यो । भलिबल मलाई राम्रोसँग खेल्न नआए पनि म रेफ्रीको काम चाहि राम्रोसँग गर्थे । साथीहरूले मलाई भन्थे ‘यसले राम्रोसँग रेफ्रीको काम गर्छ । अन्याय गर्दैन । त्यसैले यसलाई खेल खेल्दा रेफ्री राख्नुपर्छ ।’
तीन वर्ष एक कक्षामा
अरनिको निम्न माध्यमिक विद्यालयमा मैले कक्षा १ मा तीन पटकसम्म पढें । ७ वर्षको थिएँ म विद्यालय जाने बेलामा । विद्यालय पुग्न करिब डेढ घण्टा लाग्थ्यो । त्यसमाथि उकालो हिँड्नुपर्ने । यसै कारणले गर्दा मैले कक्षा १ मा तीन वर्ष पढ्नु प¥यो । हिँड्न समस्या हुने भएको कारण म विद्यालय त्यति जाँदैनथे । घरमा सानै छ, भिरबाट लडेर केही भयो भने के गर्ने ? भनेर मलाई विद्यालय पठाउनुहुन्थेन । विद्यालय कहिलेकाहीं जाने भएको कारण परीक्षाको समयमा पनि म त विद्यालय नगएको हुने रहेछु । एक दिन विद्यालय जाँदै गर्दा मेरो मनले मलाई नै प्रश्न ग¥यो ? तँ कहिलेसम्म कक्षा १ मा पढ्ने ? कति वर्षसम्म कक्षा १ मा पढ्छस् ? कहिलेसम्म बुबाआमालाई विद्यालय गएको छु भनेर झुट बोल्ने ? साथीहरू सबै माथिल्लो कक्षामा पढ्न थालिसके ? आफ्नो मनले आफैलाई प्रश्न गर्न थालेपछि मैले सोंचे । अब मैले पढ्नुपर्छ । त्यसपछि म नियमित विद्यालय जान थालें । मानिसको सबै भन्दा ठूलो गुरु त आफ्नै मन रहिछ । कहिलेकाहीं त विद्यालय जान्न भन्दा पनि मनले मान्दैन्थ्यो । घरमा कहिलेकाहीं काम छ पढ्न नजा भन्दा पनि आमाबुबालाई खुशी बनाएर विद्यालय जाने गर्थें । बिहान र साँझ घरको काम एकै पटकमा सक्थें । मकै गोड्न जाँदा एकै दिनमा खनेर सक्थें । आमाले कति धेरै काम गरेको भनेर हौसाउनु हुन्थ्यो । अनि सबै काम सकेर आमालाई खुशी बनाएर पढ्न जान्थें । मैले मन लगाएर पढ्न थालेपछि कक्षामा सधैं प्रथम हुन थालें । एसएलसीसम्म सधैं प्रथम भएँ । मलाई कक्षामा सबै साथीहरूलाई जित्नैपर्छ भन्ने लाग्थ्यो र त्यसै अनुसार पढ्ने गर्थें । मेरो मन नै मेरो गुरु भयो । मान्छे आफ्नो गुरु आफै हुन सक्यो भने त्यो मान्छेले प्रगति गर्न सक्छ ।’
ऋण गरेर पढाइ
आर्थिक रूपमा हामी कमजोर नै थियौं । एक रूपैयाँ आवश्यकता भयो भने पनि साहुकोमा जानुपथ्र्यो । आमाले साहुलाई गएर भन्नुहुन्थ्यो ‘छोराले पढ्ने मन ग¥यो । ऋण दिनु म ब्याजसहित तिर्छु ।’ साहुले ब्याज लिने शर्तमा ऋण दिन्थे । हजुरआमाले मलाई धेरै माया गर्नुहुन्थ्यो । म अलि जिद्दी स्वभावको भएको कारणले पनि मैले भनेको मान्नुहुन्थ्यो । हजुरआमाको साथले गर्दा मैले आफ्नो समस्या आमासँग राख्थे । बुबा कहिलेकाहीं पढेर के गर्छस् भनेर कराउनुहुन्थ्यो । घरमा बुबाले भन्दा आमाले भनेको कुराहरू लागू हुन्थ्यो । त्यस कारण म आमालाई फकाउँथे । आमालाई आफ्ना समस्या राख्थें । आमाले मेरो समस्या समाधान गर्नुहुन्थ्यो । आमाले कुखुरा, बाख्रा, तरकारी बेचेर पनि पढाउनु भयो । एक दिन खसीले दुःख दियो भनेर मैले खसीलाई पिटें । खसीलाई पिटेको देखेर आमाले गाली गर्दै भन्नुहुन्थ्यो ‘खसी पिटेर मार । खसी मरेपछि कसरी पढ्ने रै’छस् । ’ आमाले त्यसो भनेपछि मैले खसीलाई पिट्न छोडेर त्यसको हेरविचार गर्न थालेँ । ६ कक्षापछि म रुकुम पढ्न गएँ । म शिक्षकहरूसँग बसेर पढ्थें । घरबाट ३ घण्टाको बाटो हिँडेर विद्यालय जानुपर्ने । शिक्षकहरू कोठा लिएर बस्नुहुन्थ्यो । म उहाँहरूलाई खाना पकाउने काम गर्थें । मैले खाना पकाएपछि निःशुल्क रूपमा उहाँहरूसँग बस्न पाउँथे । यसरी म बिहान साँझ खाना बनाएर विद्यालय पढ्न जान्थे । कक्षा १० सम्म म यसरी नै पढें । म जहिले पनि सोच्ने गर्थें, दुःख ग¥यो भनेपछि असल मानिस बन्न सकिन्छ । यसरी सधैं दुःख गर्नुपर्दैन । सानो छँदा हामी तीन दिनसम्म हिँडेर छिन्चु नून लिन समेत पुग्थ्यौं ।
बुबा–आमा र गुरुको प्रेरणा
विद्यालयमा र घरमा मलाई सबैले हौसला दिनुहुन्थ्यो । एक दिन म गाई लिएर गोठालो गएँ । बर्षात्को समय थियो । वनमा बगाले च्याउँ एकै ठाउँमा धेरै देखेँ । मैले गाई हेर्न छोडेर च्याउँ टिप्न थाले । गाई चर्दाचर्दै कता गएछन् थाहा नै पाइनँ । म च्याउँ टिपेर घर आएँ । गाई पनि घरमै आएका रहेछन् । च्याउँ ल्याएको देखेर घरमा बुबाआमा खुशी हुनु भयो । मैले अरु च्याउँ टिपेर वनमा छोड्छु भनेर भोलिपल्ट बुबालाई लिएर गएँ । च्याउँ त सबै कुहिएर काम नै नलाग्ने भएका रहेछन् । सायद मैले च्याउ मात्र टिप्ने सपना देखेको भए, मेरो सपना पनि ती च्याउँ जस्तै कुहिर गएको जस्तै हुने थियो । मैले त्यहीं च्याउँ टिप्ने सपना छोडेर नपढेको भए सायद आज यो स्थानसम्म आइपुग्न सक्दैनथिएँ होला । म बुबाआमा, गुरुको प्रेरणा र आफ्नो लगनशीलता र मेहेनतले यो स्थानसम्म आएको हुँ ।
अन्त्यमा,
त्यस बेलामा टेष्ट परीक्षा दिएपछि शिक्षक बन्न पाइन्थ्यो । मैले १० वर्ष प्रावि, निमावि तहमा शिक्षक बनेर काम गरें । २०५० सालमा अधिकृतमा नाम निकालेपछि शिक्षक सेवा छोडें । २०६५ सालमा कामु जिल्ला शिक्षा अधिकारी भएर जुम्ला गएँ । त्यसको एक दुई महिनामा जिल्ला शिक्षा अधिकारी भएर अहिलेसम्म काम गरिरहेको छु । मैले शैक्षिक योजनाबाट एमएड र शैक्षिक नेतृत्वबाट मास्टर इन फेलोसिप
(एमफील) गरेको छु ।’
साझा बिसौनी ।