एक लाखको अक्षयकोष स्थापना
सुर्खेत: पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको छ । नेपाल प्रेस युनियन सुर्खेत शाखाले वितरण गर्ने पुरस्कारका लागि पत्रकार चिन्तामणी कँडेलले एक लाख राशीको अक्षयकोष स्थापना गरेका हुन् ।
आफ्नो जन्मदिनको अवसरमा उनले शनिवार अक्षयकोषका लागि एक लाख ११ हजार एक सय ११ रूपैयाँ युनियन सुर्खेतका अध्यक्ष मधुवन विसीलाई हस्तान्तरण गरेका छन् । उक्त अक्षयकोषबाट हरेक वर्ष जिल्लामा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ । सक्रिय पत्रकारहरूलाई थप प्रोत्साहन गर्न अक्षयकोष स्थापना गरिएको कँडेलले जनाए ।
नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष विसीले पत्रकारितामा लागेका व्यक्तिहरूलाई पुरस्कारले प्रोत्साहन र उत्प्रेरणा मिल्ने भन्दै अक्षयकोष स्थापनाका लागि पत्रकार कँडेलको प्रशंसा गरे । साथै उनले पत्रकारहरूको हितमा युनियन सधैँ सक्रिय रहने समेत बताए ।
यसैबीच शनिवार नै युनियनको आयोजनामा तिज सद्भाव कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त, प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, फोटो पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द केसीलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार ०९:५३
साझा बिसौनी ।