वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम

सुर्खेत: अमरज्योति माध्यमिक विद्यालय नेवारेले वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । विभिन्न कार्यक्रम गर्नेक्रममा शुक्रवार वीरेन्द्रनगर उपत्यकास्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।

विद्यालयले ‘समृद्ध रास्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा उपत्यकामा रहेका १३ वटा सामुदायिक विद्यालयका २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमधये जनमाध्यमिक विद्यालयका उपमा शाही प्रथम भइन् भने श्रीकृष्ण माध्यमिक विद्यालय इत्रामका पवन शर्मा द्वितिय र अमरज्योतिका विनोद थापा तृतीय भए ।

यसैगरी अमरज्योतिकै विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिताका साथै एक हजार मिटर दौड प्रतियोगिता पनि सम्पन्न भएको छ । छात्र र छात्रहरूबीच अलग–अलग प्रतिस्पर्धा गराइएको थियो । यसबाहेक पनि वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरूलाई सहभागी गराएर विद्यालय सरसफाई, नृत्य, एकल गायन, हस्तलेखन, चित्रकला प्रतियोगिता, शैक्षिक सामग्री निर्माणजस्ता कार्यक्रमहरू सम्पन्न गरिएको छ ।

प्रकाशित मितिः   १६ भाद्र २०८०, शनिबार ०५:०१