१५ शैप्याको अस्पतालबाट ४० शैप्याको सेवा

सुर्खेत: पूर्वाधारका हिसाबले स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) मुगुको क्षमता १५ शैड्ढयासम्मको मात्रै हो । तर अहिले अस्पतालले ४० शैड्ढयासहितको सेवा प्रदान गरिरहेको छ । क्षमताभन्दा बढी बेड राखेर उपचार दिने गरिएको हो ।

उपलब्ध भौतिक संरचनाले बिरामीको चाप थेग्न नसक्ने भएपछि शैड्ढया बढाएर सेवा दिने गरिएको कार्यालयका निमित्त प्रमुख डा. कमल ढुंगानाले जनाए । उनकाअनुसार अस्पतालले विगत केही वर्षदेखि क्षमताभन्दा बढी बेडबाट सेवा प्रवाह गरिरहेको छ । बिरामीको चाप बढ्दै गएपछि बेड संख्या बढाएर सेवा दिनुपरेको ढुंगानाले बताए । ‘अस्पतालको क्षमता १५ शैड्ढयाको हो’ उनले भने, ‘तर ४० शैड्ढयाबाट सेवा दिइरहेका छौँ ।’

सरकारले अस्पताललाई ५० शैड्ढयाको बनाउन भनेको छ । तर त्यसअनुसारको पूर्वाधार भने छैन । भौतिक संरचना तथा जनशक्तिको अभावकै कारण सेवा विस्तार गर्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालमा बिरामीको चाप बढ्दो छ । दैनिक सरदर एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालको भवन नयाँ भएपनि १५ शैड्ढयाका लागि पूर्वाधार निर्माण गरिएकाले सेवा प्रवाहमा समस्या भएको हो । उनले भने, ‘अस्पतालको पाँच वर्ष पहिले बनेको भवन छ । त्यो १५ शैड्ढयाको अस्पताल सञ्चालन गर्नका लागि हो र तर अहिले ४० शैड्ढयाबाट सेवा दिँदा समस्या भएको छ । सेवा बढेसँगै भवन पनि थप्नुपर्ने देखिएको छ ।’

आवश्यक भवन नहुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भइरहेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले बताए । उनका अनुसार क्षमताभन्दा बढी शैड्ढयाबाट अस्पतालले सेवा दिइरहेको छ । प्रदेश सरकारले उक्त अस्पताललाई ५० शैड्ढयाबाट सञ्चालन गर्ने भनेता पनि पूर्वाधार निर्माणमा ध्यान नदिएको उनको भनाइ छ । प्रमुख भामले भने, ‘सेवा विस्तार गर्नका लागि भवन पर्याप्त छैन । प्रदेश सरकारलाई भवनको स्तरवृद्धिका लागि भनेका छौँ ।’ अहिलेको संरचनाले १५ शैड्ढयाबाट सेवा दिन मात्र पर्याप्त हुन्छ तर ४० शैड्ढयाबाट सेवा प्रवाह भइरहेको छ ।

 

विशेषज्ञ डाक्टरविहीन अस्पताल

स्वास्थ्य सेवा कार्यालय मुगुमा नवौं तहका स्थायी चिकित्सक छैनन् । जसले गर्दा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ । जटिल खालको रोगका बिरामी जुम्ला, सुर्खेत र नेपालगञ्ज जानुपर्ने बाध्यता अझै हटेको छैन । अस्पतालमा स्वीकृत दरबन्दी ४४ जनाको हो । अहिले २६ जना कार्यरत छन् । १८ दरबन्दी रिक्त छ । त्यसमध्ये चार जना विशेषज्ञ डाक्टरको दरबन्दी हो । दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ डाक्टर छैनन् ।

यसैगरी चार जनाकै दरबन्दी रहेको मेडिकल अधिकृतमा एक जना मात्रै स्थायी दरबन्दीका कर्मचारी रहेका छन् । अन्य तीन जना मेडिकल अधिकृत करारका हुन् । निमित्त प्रमुख डा. ढुंगानाले भने, ‘अस्पतालमा विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । करारका कर्मचारी २७ जना हो । त्यो पनि तल्लो तहको । सेवा प्रवाह गर्न निकै समस्या भइरहेको छ ।’

उनले नवौं तहका चिकित्सकको माग गर्दै प्रदेश र संघीय सरकारसँग पटकपटक गरे पनि बेवास्ता भएको गुनासो गरे । उनका अनुसार करार सेवामा कार्यरत कर्मचारी तल्लो तहका धेरै छन् । अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति अभावका कारण सेवा दिन समस्या हुने गरेको छ । जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताले अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको हो । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा नागरिक स्वास्थ्य सेवा पाउनबाटै वञ्चित भइरहेका छन् । जटिल रोगको उपचार गर्न महँगो पैसा तिरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता छ । सेवा प्रवाहमा वृद्धि भएपनि भौतिक संरचना र जनशक्तिको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः   १० भाद्र २०८०, आईतवार ०९:०८