प्रहरीसहित तीन जना मृत फेला
सुर्खेत: ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तीन जना मृत फेला परेका छन् । शनिवार सुर्खेत र दैलेखमा गरी फरक–फरक स्थानमा तिन जना मृत फेला परेका हुन् ।
सशस्त्र प्रहरी बल रक्तकाली गणमा कार्यरत ४५ वर्षीय वरिष्ठ हवल्दार रामबहादुर थापा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० चौखेढुङ्गा खोला पुलको आडैमा मृत फेला परेका हुन् । वीरेन्द्रनगर १२ विरुवाबारी भन्ने स्थानमा घर भएका प्रहरी हवल्दार थापा शुक्रवार राती साढे १० बजे ड्युटीमा खटिएका थिए । उनीसहित सात जना प्रहरी ड्युटीमा रहेका थिए । ठुलो वर्षा आएको र फर्कने बेला माथिल्लो बाटो भएर खोला तर्न लाग्दा उनको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले जनाए । घर नजिकै भएकाले घरतिर गएको होला भनेर अरू ६ जना प्रहरीहरू राति गणमा पुगेका थिए । फोन सम्पर्क गर्दा मृतकको फोन अफ भएको थियो । सँगै भएको सहकर्मी छुटिँदासमेत थाहा नपाउने वा चासो नदिने अन्य प्रहरीहरूको संवेदनशीलता माथि प्रश्न उठेको छ ।
यस्तै शनिवार नै दैलेखको दुल्लू नगरपालिका १० छुवालाका करिब ४० वर्षीय लालबहादुर भण्डारी पनि वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुलमुनि मृत भेटिएका छन् । भण्डारी वीरेन्द्रनगर नगरपालिका १ मा बस्दै आएका थिए ।
त्यस्तै दैलेखका गाउँ गाउँ घुम्दै सिलाजितलगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँच दिनमा दैलेखको भगवतीमाई गाउँपालिका १ पगनाथको भेरीखोलामा मृत फेला परेका छन् ।
कैलालीको बडीबर्दगोरिया गाउँपालिका ४ छतिवनमा बस्ने ३१ वर्षीय वीरबहादुर कामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । तीन वटै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तीन जना मृत फेला परेका छन् । शनिवार सुर्खेत र दैलेखमा गरी फरक–फरक स्थानमा तिन जना मृत फेला परेका हुन् ।
सशस्त्र प्रहरी बल रक्तकाली गणमा कार्यरत ४५ वर्षीय वरिष्ठ हवल्दार रामबहादुर थापा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० चौखेढुङ्गा खोला पुलको आडैमा मृत फेला परेका हुन् । वीरेन्द्रनगर १२ विरुवाबारी भन्ने स्थानमा घर भएका प्रहरी हवल्दार थापा शुक्रवार राती साढे १० बजे ड्युटीमा खटिएका थिए । उनीसहित सात जना प्रहरी ड्युटीमा रहेका थिए । ठुलो वर्षा आएको र फर्कने बेला माथिल्लो बाटो भएर खोला तर्न लाग्दा उनको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले जनाए । घर नजिकै भएकाले घरतिर गएको होला भनेर अरू ६ जना प्रहरीहरू राति गणमा पुगेका थिए । फोन सम्पर्क गर्दा मृतकको फोन अफ भएको थियो । सँगै भएको सहकर्मी छुटिँदासमेत थाहा नपाउने वा चासो नदिने अन्य प्रहरीहरूको संवेदनशीलता माथि प्रश्न उठेको छ ।
यस्तै शनिवार नै दैलेखको दुल्लू नगरपालिका १० छुवालाका करिब ४० वर्षीय लालबहादुर भण्डारी पनि वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुलमुनि मृत भेटिएका छन् । भण्डारी वीरेन्द्रनगर नगरपालिका १ मा बस्दै आएका थिए ।
त्यस्तै दैलेखका गाउँ गाउँ घुम्दै सिलाजितलगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँच दिनमा दैलेखको भगवतीमाई गाउँपालिका १ पगनाथको भेरीखोलामा मृत फेला परेका छन् । कैलालीको बडीबर्दगोरिया गाउँपालिका ४ छतिवनमा बस्ने ३१ वर्षीय वीरबहादुर कामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । तीन वटै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः ३ भाद्र २०८०, आईतवार ०५:०१
साझा बिसौनी ।