घर–घरमा प्रहरीको स्टिकर

सुर्खेत: कर्णाली प्रदेशका सबै घरमा फोन नम्बरसहितका स्टिकर टाँसिने भएको छ । प्रदेश प्रहरीले दशवटै जिल्लामा घर–घरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । नागरिकलाई शान्ति सुरुक्षाको प्रत्याभूति दिन फोन नम्बरसहितको स्टिकर टाँस्ने अभियान आइतवारबाट कर्णालीका तीन सय ७४ वटै प्रहरी युनिटमा एकसाथ थलनी गरिएको हो ।

वीरेन्द्रनगरमा आयोजित स्टिकर टाँस्ने अभियान उद्घाटन गर्दै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले यस्ता अभियानले प्रहरीप्रति नागरिकको धारणा सकारात्मक हुने विश्वास व्यक्त गरे । ‘प्रहरीले पनि आफ्नो व्यवहारमा मिठास ल्याउनु प¥यो । नागरिकहरू प्रहरीको दैलोमा पुग्दा गरिने व्यवहार बदल्न आवश्यक छ । प्रहरीमात्र सक्रिय भएर केही हुँदैन’, उनले भने, ‘हामी नागरिक पनि अनुशासित हुनुपर्छ ।’ उनका अनुसार सीमित स्रोतसाधन र कम जनशक्तिका बाबजुत पनि प्रहरी सामाजिक कार्यमा सक्रिय भएकाले नागरिकको पनि उत्तिकै सक्रिय रहन आवश्यक छ ।

प्रदेश प्रहरी महानिरीक्षक भिमप्रसाद ढकालले नागरिकमैत्री सेवाको अपहार्यतालाई प्रभावकारी बनाउन अभियान थालनी गर्नु परेको बताए । नागरिकले घरदैलोबाटै प्रहरीको सुरुक्षा महशुस होस् भनेर स्टिकर टाँस अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

कर्णालीका तीन लाख ७१ हजारभन्दा बढी घरधुरीमा नेपाल प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस्ने विषयमा स्थानीय तहको पनि उत्तिकै भूमिका रहेको वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनले प्रदेशको अपराध रोकथाम नियन्त्रणका लागि यो अभियान टोलटोलमा पुग्न आवश्यक रहेकोमा जोड दिइन् । अभियानमा तीन हजारभन्दा बढी प्रहरी परिचालन गरेर करिब तीन महिनामा स्टिकर टाँसेर सकाउने लक्ष्य राखिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले नागरिकलाई प्रहरीको सहजै पहुँच पु¥याउन विभिन्न अभियान थालनी गर्ने जनाए । प्रहरी सुरक्षित अभियानअन्तर्गत चार हजार तीन सयभन्दा बढी सचेतनामूलक कार्यक्रम गरेको उनले उल्लेख गरे ।

प्रकाशित मितिः   १ श्रावण २०८०, सोमबार ०५:०१