साहित्यमा वर्गीय दृष्टिकोणः एक चर्चा
![]() |
भरतकुमार साउद |
माक्र्स र एंगेल्सले माक्र्सवादी सौन्दर्यशास्त्र तथा कलासाहित्यका कुनै पक्षहरूका बारेमा पनि व्यवस्थित रूपले चिन्तन गरेको पाइँदैन । उनीहरूको अध्ययन मुख्य गरी आर्थिक र राजनीतिक सिद्धान्तहरूमा केन्द्रित देखिन्छ । यद्यपि फिलिपिनो अध्ययता जेआर फ्लोरेनटिनो ए निगोले सिनासबाट गरेको आप्mनो नेपालकेन्द्रित प्रगतिवादी साहित्यको अध्ययन क्रममा ‘अ कम्प्यारेटिभ स्टडी अफ दि रिभोलुसनरी लिटेचर अफ दि माओइस्ट स्ट्रगलस इन नेपाल एण्ड दि फिलोपिन्स’ शीर्षक कार्यपत्र तयार पार्दा नेपालजस्तै संसारमै हाल इतिहास, संस्कृति, दर्शन, राजनीति, कला आदि समाजका बहुविध क्षेत्र र अध्ययनका विषयहरूमा माक्र्सवादी चिन्तनको प्रयोग भइरहेको दाबी गरेका छन् । यो एक उदाहरण मात्र हो समग्रमा माक्र्सवादी वर्गीय चिन्तनको साहित्यिक संस्करणका रूपमा समाजवादी यथार्थवाद नै विकसित भइसकेको देखिन्छ । साहित्य समाज र सामाजिक विषयवस्तुहरूबाट विमुख हुन सक्तैन । समाजमा गतिशीलता वर्गसङ्घर्षका कारण उत्पन्न हुन्छ । वर्गसङ्घर्ष निरन्तर प्रक्रिया हो । वर्गविहिन समाजको निर्माण नहुन्जेलसम्म माक्र्सवादको उद्देश्य पनि निरन्तर सङ्घर्ष गर्नु हो । आमूल परिवर्तन र परिवर्तनधर्मी जनचेतनाका पक्षमा गरिने यस्तो सङ्घर्ष नै वर्गसङ्घर्ष
हो । समाजवादी यथार्थवादी साहित्यको उद्देश्य पनि आमूल परिवर्तन मार्पmत समानतामूलक र न्यायमूलक समाजको निर्माणमा सहयोग गर्नु हो । त्यसैले वर्गसङ्घर्षको जीवन्त चित्रण गर्नु समाजवादी यथार्थवादी साहित्य लेखनको उद्देश्य र मान्यता हो ।
समाजमा वर्गीय संरचना रहेसम्म हरेक सामाजिक वस्तु र क्रियाकलापलाई हेर्ने दृष्टिकोण पनि वर्गीय हीत अनुरूपकै हुने गर्दछ । त्यसकारण सांस्कृतिक तथा सौन्दर्य मूल्यहरू पनि वर्गीय नै हुनु स्वभाविक हुन्छ । समाजवादी यथार्थवादी साहित्यले सर्वहारा वर्गीय हितमा संस्कृति र सौन्दर्यमूल्यको स्थापनामा जोड दिन्छ । वर्गसङ्घर्षको विकाससँगसँगै समाज रूपान्तरणको क्रममा नवीन सांस्कृतिक मूल्य तथा सौन्दर्य मूल्यको स्थापना पनि हुँदै जान्छ । यिनै नवीन सौन्दर्य मूल्यअनुरूप साहित्यमा जीवनको प्रंतिबिम्बन गर्नु समाजवादी यथार्थवादको विशेषता हो । साहित्यको मूल उद्देश्य भनेको परिवर्तनकारी चेतना तथा विचारको प्रभावकारी तथा कलात्मक सम्प्रेषण हो । समाजवादी यथार्थवादी कलाको मूल पक्ष भनेकै जनतासँगको प्रत्यक्ष सम्बन्ध हो र परिवर्तन सम्बन्धी शाश्वत प्रक्रियाको उद्बोधन हो ।
ऐतिहासिक भौतिकवादले पूरानो उत्पादन सम्बन्धमा रहेका उत्पादनका साधनहरू नयाँ उत्पादक शक्तिको विकासमा बाधक बन्न थाल्दछन् र त्यसमा उत्पन्न अन्तर्विरोधका कारण सामाजिक क्रान्ति हुन्छ भन्ने मान्यताको स्थापना गरेको छ । यस मान्यताअनुसार नयाँ उत्पादन सम्बन्धको विकाससँगै समाजमा राजनीतिक, सांस्कृतिक लगायतका अधिरचनाका तहमा नयाँ मूल्यको स्थापना हुन्छ । यही सिद्धान्तअनुसार समाजवादी यथार्थवादले समाजमा रहेको गतिशीलताका कारण परिवर्तित नवीन सौन्दर्यमूल्यको चित्रण साहित्य कलामा गर्दछ । वास्तवमा सुसंस्कृत र नवीन सौन्दर्यमूल्यको सम्प्रेषण गर्नु नै साहित्यको मूल प्रयोजन हो भन्ने मान्यता समाजवादी यथार्थवादी साहित्यको एक प्रमुख विशेषता हो ।
सौन्दर्य के हो भन्ने दृष्टिकोण वर्गीय हुने भएकोले पूँजीपति, ब्रुजुवा सौन्दर्यमूल्य सर्वहारा वर्गीय सौन्दर्यमूल्यको विरोधी हुन्छ । भाववादीहरू सौन्दर्यलाई मनोगत ठान्छन् भने माक्र्सवादीहरू भौतिकवादी भएकाले सौन्दर्यलाई वस्तुवादी ठान्छन् । माक्र्सवादले सौन्दर्यलाई उपयोगितासँग जोडेर हेर्छ । उपयोगिताभन्दा पृथक सौन्दर्यको अस्तित्व हुँदैन । उत्पादन इतिहास श्रमकार्यसँग सम्बन्धित भएको हुनाले उपयोगिताका लागि र उत्पादनका लागि श्रम गर्ने सन्दर्भमा नै साहित्य कलाको उद्भव भएको देखिन्छ । त्यसैले समाजवादी यथार्थवादले पुरातन इन्द्रीयजन्य रूपवादी सौन्दर्यमूल्यका विरुद्ध नवीन श्रम सौन्दर्य मूल्यको उपस्थापन साहित्यमा गर्दछ । यसकारण समाजवादी यथार्थवादी साहित्यले पाठकहरूमा श्रमसौन्दर्यप्रति आस्था जगाउने देखिन्छ । माक्र्सवादले श्रमलाई सर्वाेपरी महŒव दिन्छ र साहित्यमा त्यसको प्रतिबिम्बन अनिवार्य ठान्छ । श्रम नै सुन्दर भएका कारण श्रम निर्मित उपयोगितालाई कृतिमा प्रतिविम्बन गर्नुपर्छ भन्ने समाजवादी यथार्थवादी मान्यता हो ।
समाजवादी यथार्थवादले साहित्यमा अन्तर्वस्तु र रूपको उचित सन्तुलनको माग गर्दछ । यद्यपि सर्वाधिक महŒव भने अन्तर्वस्तुलाई दिन्छ । रूपलाई पनि बेवास्ता गर्न हुँदैन तर प्रमुख कुरा अन्तर्वस्तु हो भन्ने मान्यता समाजवादी यथार्थवादीहरू राख्दछन् । वर्गसङ्घर्षमा आधारित भएर रूपको पनि निर्धारण हुने मान्यता उनीहरूको देखिन्छ ।
अन्तर्वस्तु र रूप दुई नितान्त भिन्न कुरा नभएर अन्तर्सम्बन्धित पक्षहरू हुन् । भिक्टर आफानास्येभका अनुसार ‘सार भनेको निश्चित वस्तु अथवा घटनाको निर्माण गर्ने तŒवहरू र प्रक्रियाहरूको समुच्चय हो । रूप भनेको सारको सङ्गठन वा संरचना हो तर सारका सम्बन्धमा रूप कुनै बाहिरी कुरा नभइकन त्यसमा अन्तर्निहित भित्री कुरा हो ।’ साहित्यमा कृति वा स्रष्टाले सम्प्रेषण गर्न खोजेको मूल कुरा अन्तर्वस्तु हो भने सम्प्रेषणको तरिका रूप पक्ष हो । समाजवादी यथार्थवादी साहित्यमा अन्तर्वस्तु स्वयम् गतिशील यथार्थबाट निर्मित हुन्छ र यो यथार्थ निरन्तर गतिशील भइरहन्छ । अन्तर्वस्तुले रूपको निर्धारण गर्दछ र नयाँ रूपको सिर्जना पनि गर्दछ । अन्तर्वस्तुको प्रतिविम्वनमा रूपको प्रभावकारिताले सकारात्मक तथा महŒवपूर्ण भूमिका खेल्दछ । रूप र अन्तर्वस्तुको यस द्वन्द्वात्मक सम्बन्धमा सन्तुलित साहित्य सिर्जना हुन पुग्दछ ।
पूँजीवादी साहित्य चिन्तकहरू रूप र अन्तर्वस्तुलाई पृथकपृथक रूपमा हेर्ने र रूपको आदर्शीकरण गर्ने गर्छन् । माक्र्सवादी साहित्य चिन्तनले त्यस प्रकारका रूपवादी साहित्यविरुद्ध रूप र अन्तर्वस्तुको उचित समायोजन र सन्तुलनको समर्थन गर्दछ । समाजवादी यथार्थवादले रूपको विरोध वा अस्वीकार गर्दैन बरु कलात्मकताका लागि रूपको आवश्यकता स्वीकार्दछ । रूप अन्तर्वस्तुमा सम्बद्ध भएर विकसित भएको हुन्छ । अन्तर्वस्तुअनुरूप सर्वाेत्तम रूप निर्माण गर्नु साहित्यकारको कर्तव्य हो भन्ने मान्यता नै समाजवादी यथार्थवादी मान्यता हो ।
समाजवादी यथार्थवाद यथास्थितिवाद र भाग्यवाद विरोधी चिन्तन हो । यसले क्रान्तिकारी आशावादमा विश्वास गर्छ । यो के छ मा मात्र सीमित रहँदैन, के हुनुपर्छ त्यसमा पनि यसले जोड दिन्छ । समाजवादी यथार्थवादीले मानवको सङ्घर्षशील इतिहास र परम्पराप्रति दृढ आस्थाका साथ उसको सङ्गठित शक्तिमा विश्वास गर्छ र यही विश्वासका आधारमा समाजको अग्रगामी रूपान्तरणप्रति सकारात्मक तथा आशावादी दृष्टिकोण राख्दछ । समाजमा भएको यथार्थको यथास्थितिजन्य चित्रण गर्नु समाजवादी यथार्थवादको अभीष्ट होइन । यसले सकारात्मक र क्रियाशील आदर्श नायकको निर्माण गरी समाजको गतिशील यथार्थ चित्रण गर्छ र उदात्त सौन्दर्य चेतनाको सम्प्रेषण गर्छ । मान्छे र उसको सङ्घर्षशील चरित्र समाजवादी यथार्थवादको केन्द्र हो । समाजमा रहेका पुरातन अन्धविश्वास, कुरीति, कुसंस्कारहरूका विरुद्ध नयाँको स्थापना नै सामाजिक रूपान्तरणको प्रक्रिया हो । समाजवादी यथार्थवादले यस प्रकारको रूपान्तरणप्रति क्रान्तिकारी आशावादी चेतनाको उद्बोधन गर्छ सारमा भन्दा यसले वस्तुगत यथार्थलाई क्रान्तिकारी विश्वासको अुनरूपतामा समाजावादी दृष्टिका आधारमा चित्रण गर्छ । सर्वहारा वर्गीय मुक्ति, समानतामूलक, न्यायमूलक र मानवतावादी समाजको निर्माणका लागि सामन्तवाद, पूँजीवाद, साम्राज्यवाद र विस्तारवादविरुद्ध जनता वा पाठकलाई जागरुक बनाउनु समाजवादी यथार्थवादको अभिष्ट हो ।
पूरानोको ध्वंश र नयाँको सिर्जना समाजवादी यथार्थवादी कलाको एउटा प्रमुख विशेषता हो । समाजमा विद्यमान कुरूपताहरूलाई सुन्दरतामा परिवर्तन गर्न क्रान्तिमा होमिएका मानिसहरूको सङ्घर्षमा जीवन्त अनुभूति तथा कार्यहरूबाट समाजवादी यथार्थवादी साहित्य जन्मन्छ । आशावादी भविष्य दृष्टिसहित साहित्यले समाजको निरन्तर वर्गसङ्घर्षमा आधारित प्रतिनिधि यथार्थको ऐतिहासिक तथा वर्तमानको चित्रण गर्दछ भन्ने मान्यता समाजवादी यथार्थवादले राख्दछ ।
साझा बिसौनी संवाददाता ।