विद्यार्थीलाई झोला वितरण
सुर्खेत: युवा जागरण तथा सशक्तिकरण मञ्चले विद्यार्थीहरूलाई झोला वितरण गरेको छ । मञ्चले सञ्चालन गरेको ‘भविष्यमा नेपाल बोक्नेहरूको लागि सचेत युवा’ अभियान अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय राम्रीकाँडाका विद्यार्थीलाई झोला प्रदान गरिएको हो ।
विद्यालयमा अध्यनरत आर्थिक रूपमा विपन्न र अति गरिब परिवारका ३१ जना विद्यार्थीलाई झोला उपलब्ध गराइएको हो । झोला वितरण कार्यक्रममा वडाअध्यक्ष रामबहादुर शाहीले युवाहरू सामाजिक काममा सक्रिय हुनु देशकै लागि सुखद् कार्य भएको भन्दै युवाहरूबाटै देशमा परिवर्तन हुने बताए ।
विद्यालयका प्रधानाध्यापक कुश्मा शाही, समाजसेवी भुपेन्द्र गैरेलगायतले पनि मञ्च र त्यसमा सक्रिय युवाहरूको प्रशंसा गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । मञ्चका अध्यक्ष जीवन ढकालको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।
प्रकाशित मितिः १२ असार २०८०, मंगलवार ०५:०१
साझा बिसौनी ।