‘समाजवादी मोर्चाको औचित्य छैन’
सुर्खेत: नेकपा (एमाले)का सचिव एवम् कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले समाजवादी मोर्चाको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । मंगलवार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले यो मोर्चाले कुनै नयाँ चिज दिन नसक्ने बताउँदै यस्तो बताएका हुन् ।
उनले सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेको बताए । उनले भने, बजेट अर्थनीतिलाई माथि उकास्ने खालको छैन । बजेटमा अर्थतन्त्रमा देखिएका समस्याहरू सुधारका कार्यक्रमहरू देखिएको छैन । बजेट वितरणमुखी परम्परागत तरिकाले आएको छ । कर नीतिमा पनि ठीक नभएकाले यसलाई पास गर्ने विषयमा गठबन्धनभित्र नै अन्यौलता देखिएको छ ।
यस्तै नेकपा एमालेले पाटीको प्रदेश अधिवेशन आगामी भदौमा गर्ने निर्णय पनि गरेको छ । दुई दिन अगाडि बसेको प्रदेश कमिटीको बैठकले आगामी भदौ २९ र ३० गर्ने निर्णय गरेको हो ।
प्रकाशित मितिः ६ असार २०८०, बुधबार ०५:०१
साझा बिसौनी ।