वर्ल्ड स्कुलको नेपाल टूर सुर्खेतमा
सुर्खेत: सुर्खेतमा ‘वल्र्ड स्कुल नेपाल टूर’ गरिएको छ । काठमाडौंको वल्र्ड स्कुलको बृहत् शैक्षिक कार्यक्रम अन्तर्गत सुर्खेतमा पनि बृहत् शैक्षिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यालयका सञ्चालक डा. मिथिलेशकुमार झाले कक्षा कोठाभित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास तथा प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वल्र्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाई अगाडि बढाउँदै आएको जानकारी दिए । शिक्षामा देशको लगानी विदेश पलायन भइरहेको देखेर आफूहरूले गुणस्तरीय शिक्षा विदेशभन्दा पनि देशमै दिन सक्ने वातावरणका लागि विद्यालय निर्माण गरेको डा. झाले जनाए ।
कार्यक्रमका विशेष अतिथि सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यष गणेश बस्नेतले गुणस्तरीय शिक्षाका लागि काठमाडौं वल्र्ड स्कुलले उपत्यका बाहिरका विद्यार्थीहरूलाई शिक्षामा पहुँच बढाउन आयोजना गरेको नेपाल टूर कार्यक्रम महŒवपूर्ण भएको बताए । विद्यालयका प्रधानाध्यापक केशरबहादुर दुलालले आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै वल्र्ड स्कुलमा हुने पढाइ र विद्यार्थीले अहिलेसम्म गरेको प्रगतिबारे जानकारी गराएका थिए । यसअघि धरान, विर्तामोड़, इटहरी, दाङ्गलगायतका स्थानहरूमा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।
प्रकाशित मितिः २८ जेष्ठ २०८०, आईतवार ०५:०२
साझा बिसौनी ।