१३ बुँदे घोषणापत्र जारी
सुर्खेत: कर्णाली प्रदेशस्तरीय मानवअधिकार रक्षकहरूको सम्मेलनबाट घोषणापत्र जारी गरिएको छ । इन्सेकले आयोजनामा शनिवार वीरेन्द्रनगरमा सम्पन्न सम्मेलनले १३ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमार्फत मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी तीनै तहका सरकारलाई कानुन निर्माण गर्नका लागि माग गरिएको छ । त्यसैगरी मानव अधिकार संरक्षण एवम् प्रवद्र्धनका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरूलाई कार्यान्वयन गर्नुपर्ने, प्रदेशस्तरमा विद्यमान वर्गीय, धार्मिक, सामाजिक, सांस्कृतिक र लैङ्गिक विभेद तथा असमानता अन्त्य गर्न र उपेक्षित, उत्पीडित तथा लक्षित वर्गका नागरिकहरूलाई मानव अधिकारको प्रत्याभूति गराउन ठोस पहलकदमी चाल्नुपर्ने, जोखिममा काम गरिरहेका मानव अधिकार रक्षकहरूको सुरक्षा तथा पहिचान गर्नका निमित्त खोज, उद्धार साथै मानव अधिकार रक्षकहरूको स्वास्थ्य बिमाको व्यवस्था गरी दिनुपर्ने लगायत माग राखिएको हो ।
मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणसम्बन्धी आदेश २०७७ को प्रभावकारी कार्यान्वयनको लागि सबै सम्बन्धित निकायहरूमा ध्यानाकर्षणसमेत गराइएको छ । मानव अधिकार रक्षकहरूले पीडितहरूलाई न्यायिक पहुँचमा ल्याउन, मानव अधिकारको प्रत्याभूति दिलाउन खेलेको भूमिकाको कदर गर्दै उनीहरूको संरक्षण, सुरक्षा तथा प्रोत्साहनका लागि राज्यसँग माग गरिएको छ भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने मानव अधिकार रक्षकहरूलाई मानव अधिकारको सुरक्षासहित भय रहित वातावरण निर्माण हुनुपर्नेमा जोड दिइएको छ ।
प्रकाशित मितिः १४ जेष्ठ २०८०, आईतवार ०५:०१
साझा बिसौनी ।