निर्देशक बन्दै दुई पाका अभिनेत्री
आफूभन्दा जुनियर अभिनेत्री फिल्म निर्देशनमा हाम्फालेको देखेपछि दुई पाका अभिनेत्री गौरी मल्ल र करिष्मा मानन्धर पनि निर्देशनमा उत्रन लागेका छन् । हाल दुवै जना फिल्मको स्क्रिृप्ट तयार गर्र्न व्यस्स्त छन् । गौरी र करिष्माले प्रकाश थापाको ‘सन्तान’बाट एकैपटक रजतपटको यात्रा थालेका थिए ।
‘बाबुसाहेब’ पछि ‘फागु’ निर्माण गरेकी करिष्माको फिल्मले बजारमा खासै चमत्कार गर्न सकेको थिएन । उता विदेशबाट फर्केर आएपछि गौरी पनि चरित्र अभिनेत्रीमा सक्रिय हुँदै आएकी थिइन् । गौरीको फिल्मको पटकथा लगभग तयार भइसकेको छ । उता करिष्माले निर्देशन गर्ने फिल्मको डिटेल बाहिर नआइसकेको भए पनि उनले छोरी कवितालाई लिएर फिल्म बनाउन चाहेको बताइएको छ । कविता हाल अध्ययनको सिलसिलामा अमेरिका छिन् ।
साझा बिसौनी संवाददाता ।