आजदेखि बजेट अधिवेशन
सुर्खेत: कर्णाली प्रदेशको दशौं अधिवेशन आज (बुधवार) देखि सुरु हुँदैछ । दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधवारका लागि अधिवेशन आह्वान गरेका हुन् ।
यस अधिवेशनलाई बजेट अधिवेशनको रूपमा लिइन्छ । प्रदेश सभाले कानुन निर्माण गर्ने भएपनि यस अधिवेशनको क्रममा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत प्रस्तुत हुन्छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत हुने छ । अहिले प्रदेश सरकार आगामी आर्थिक वर्षका बजेटको तयारीमा जुटेको छ । असार १ गते प्रदेश सरकारहरूले बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सचिव बुढाथोकीका अनुसार बजेट अधिवेशनको पहिलो दिन दलिय धारणा राख्ने कार्यसूची छ । यही अधिवेशनमा सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउनेछ भने बजेट पनि पेश गर्नेछ । प्रदेशसभाको नवौँ अधिवेशन गत वैशाख २१ गते अन्त्य भएको थियो ।
प्रकाशित मितिः १० जेष्ठ २०८०, बुधबार ०५:००
साझा बिसौनी ।