प्रदेशसभा सदस्यहरूलाई अभिमुखीकरण

सुर्खेत: कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिका सदस्यहरूलाई अभिमुखीकरण दिइएको छ । बिहीवार प्रदेशसभा सचिवालयले समितिको काम र सदस्यहरूको जिम्मेवारीका विषयमा अभिमुखीकरण दिएको हो ।

कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले समितिको सभापति र सदस्यहरूको काम, कर्तव्य र जिम्मेवारका विषयमा अभिमुखीकरण दिएका हुन् । समिति प्रदेशसभाको एउटा महŒवपूर्ण र जिम्मेवार निकाय भएको बताउँदै सचिव वुढाथोकीले समितिलाई कतिको जिम्मेवार बनाउने भन्ने विषय समितिका सदस्यहरूले खेल्ने भूमिकामा निर्भर रहने बताए ।

कार्यक्रमका प्रमुख अथिति कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङको समितिका सदस्यहरूलाई बधाई तथा शुभकामना दिइएकी थिइन् । विधायन तथा प्रदेश मामिला समितिका सचिवालय सचिव मदन खड्काले समितिलाई चलायमान र प्रभावकारी बनाउन कर्मचारीको तर्फबाट सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

समितिमा जानकी सिंह, पूर्णबहादुर खत्री, सुरेश अधिकारी, रणसिंह परियार, महेन्द्र केसी, टेकराज पछाई, दक्षिणा शाही र कल्यानी खड्का सदस्य छन् । समितिलाई प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश लोक सेवा आयोग र सरकारका कामकाजको अनुगमन गर्ने पाउने अधिकार छ ।

प्रकाशित मितिः   २२ बैशाख २०८०, शुक्रबार ०५:०१