‘कर्णाली प्रदेश’को समृद्धिमा डोल्पाको भूमिका

पूर्वमा मुस्ताङ, उत्तरमा तिब्बत, दक्षिणमा रुकुम र जाजरकोट, पश्चिममा जुम्ला र मुगुबीच रहेको डोल्पा जिल्ला नेपालकै सबैभन्दा ठूलो क्षेत्रफल तथा कम जनघनत्व भएको पछिल्लो जिल्ला हो । तत्कालीन जुम्ला राज्यभित्र पारिएर २०१९ सालपछि धौलागिरी अञ्चल समाविष्ट डोल्पा जिल्ला २०३२ सालमा कर्णाली अञ्चलमा राखिएको हो । नेपालको संविधान २०७२ ले डोल्पा जिल्लालाई प्रदेश नम्बर ६ मा राखेको छ । कर्णाली क्षेत्रको क्लस्टरमा मिल्ने जिल्लाको भौगोलिक, सामाजिक, धार्मिक, भाषिक आधारबाट मात्र हैन जलाधारका कोणबाट पनि डोल्पा खासगरी राप्ती र भेरी अञ्चलसँग सामिप्यता राख्दछ । डोल्पा, जाजरकोट, रुकुम, रोल्पाको अनि म्याग्दी र बाग्लङ्गको केही सानो भू–भागमा भेरीले आफूलाई जलाधार दिएको छ । डोल्पालाई उपल्लो डोल्पो र तल्लो डोल्पो पनि भनेको पाइन्छ । उपल्लो डोल्पो हिमाली क्षेत्र हो भने तल्लो डोल्पो उच्च पहाडी क्षेत्र हो । उपल्लो डोल्पो बौद्धमार्गी लामा संस्कार, संस्कृति, प्रकृति, सभ्यताद्वारा निर्मित छ । मुकुटेश्वर हिमाल लगायत थुप्रै पर्वतहरू डोल्पाका पहिचानहरू हुन् भने भेरी नदी डोल्पाको पसिना र रगत हो । डोल्पा भेरीको वरदान हो । डोल्पा दुनै बाहेक अन्यत्रको भेरी नदी विश्वमै पवित्रतम् प्रवाहित जलस्रोत हो र जलयातायातको प्रचूर सम्भावनाको वस्तुगत आधार हो ।

लामा, आचार्य, न्यौपाने, देवकोटा, चौलागाइ, शाही, मल्ल, हमाल, चलाउने, बुढा, बोहोरा, मगर, रोकाय, रोका, थापा, गौतमहरूद्वारा डोल्पाको समाज बनेको छ । गौतमको उद्गमस्थल रुकुममा परे पनि डोल्पासँग नजिक छ । डोल्पाको संस्कृति र प्रकृतिसँग एकदम नजिक छ । उवा, जौ, गहुँ, फापर, कोदो, गहत, निमी, स्याउ, ओखर, दारिम, धान, मकै, माटे, लटे, चिनो, आलु, तरुलले डोल्पालीको जनजीवन धानेका छन् र डोल्पाको ख्याति चुलाएका छन् । फापरको लकरले डोल्पाको वरिपरिचित खाद्यान्न मात्र हैन मधुमेह, प्रेसर, ग्याष्ट्रिक तथा अन्य रोगहरूको प्राकृतिक औषधिको महŒव बोकेको छ । फापरको फूल खाएको माहुरीको महले डोल्पालाई विश्वकै उच्च अर्गानिक महको जिल्ला बनाएको मात्र छैन भरुर महुरी, मह र मह कार्ने ज्ञान, विधि, सीप, अवधारणा तथा साहसिकताले विश्वलाई नयाँ भूगोल दिँदैछ ।

शिलाजित, तातोपानी, असला माछा, जिम्बु, लसुन साग, आरुको तेल, चौंरीको दुध, च्यांग्रा, बादे, घुमन्ते जीवनशैली, लामाथाडा बाँडावस्ती, भोटेकुकुर, बलिया तथा अत्याकर्षक घोडा, अति जाडो पनि सहनसक्ने पशुपन्छी, चराचुरुंगी, जीवनशैली, बासस्थान, अल्पहारी तर उच्चमूल्य वस्तु दिनसक्ने पशुक्षमताले डोल्पालाई मात्र हैन तिब्बती, छिमेकी जिल्ला र नेपाललाई नै समृद्ध बनाएका छन् । यहाँको रसिला स्याउ, सिमी तथा अन्य जडिबुटी यार्सागुम्बाले विश्व बजारको ध्यान तानेको छ । विश्वमा पाइने २७ प्रजातिका उच्च मूल्यको जडिबुटी यार्सागुम्बाका ११ प्रजाति डोल्पामा मात्र उपलब्ध हुँदै आएका मात्र छैनन् सबैभन्दा ठूलो गुणस्तरीय तथा चित्राकर्षक पनि डोल्पाले उमार्दै छ । हिमाली वनपाखा, खर्क र पाटनमा पाइने जडिबुटी यार्सागुम्बाको आवश्यक जनचेतना, संराणको अभाव, प्रचारप्रसार, ग्रेडिङ, बजारीकरण मात्रै हैन डोल्पाली जनता तथा छिमेकी जिल्लाका जनताको प्रत्यक्ष आर्थिक क्रियाकलापसँग जोडिएको जडिबुटीहरूको वैज्ञानिक व्यवस्थापन प्रयोग, परीक्षण तथा उत्पादनमा डोल्पाली जनजीवनकोस्तर अडिएको छ । कर्णाली, डोल्पाको जनजीवनमा कुनै सुधार नआउँदासम्म एक्काइसौं शताब्दीको उपलब्धि बेकारका वातहरू हुनेछन् ।

यहाँ डोल्पा रुँदा कस्तुरी रुन्छ । औलेल र भोटेहरूको हाँसोमा चौंरी हाँस्छ । नत्र भने आँसुको से–फोक्सुन्डो, पसिनाको सुलिगाड झरना नेपालकै दोस्रो ठूलो र लामो झरना हैन आसुको बलेसी हो । डोल्पाली परिवेश बोलेको थिन्लेको क्याराभानले विश्वचलचित्र जगत्मा एक्काइसौं शताब्दीका हिमाली बासिन्दाहरूको वास्तविकता दिने काम गरेर डोल्पालाई यस्ता सैयौं प्रकारका चलचित्र, वृतचित्र, रंगचित्र, शब्दचित्र, लिपिचित्र थान्का, वास्तुचित्र, संस्कृतिचित्र, धर्मचित्र, प्रकृतिचित्रको अथाह भण्डारका रूपमा बुझन सकिनेछ । बदलिँदो आर्थिक विकासको रणनीतिमा यस्ता क्रियाकलापहरूलाई पूर्वाधार तथा स्वभाव दिन सक्यौं भने जैविक विविधता, प्राकृतिक सौन्दर्यता, भौगोलिक सम्पन्नता, भौगर्भिक पृथकताभित्रै डोल्पाली कस्तुरी, मृग, नाउर, झारल, घोरल स्याल, रतुवा, ब्बाँसो, भालु, हिमाली काग, हिमचितुवा, ढुकुर, हाँस, पानी हाँसप्रति वर्डभिजनको गन्तव्य बनेर पर्यापर्यटन, ट्रेकिङ, हिमाली ट्रेल, जनयुद्ध, हर्सराइडिङ, रकक्लाइमिङ, पिक क्लाइमिङमा विविधता आइ डोल्पाली जनजीवनको स्तर बढोत्तरी हुनसक्छ ।

चौंरी राइडिङ, चौंरीजन्य दुधका परिकारहरू, चौंरी सम्बद्ध क्रियाकलापहरूले डोल्पाली अध्ययनको क्षेत्रमा विस्तार हुन गइ प्रत्यक्ष अप्रत्यक्ष रोजगारी, आय, उत्पादन भइ नेपाली परनिर्भरता घट्न सक्छ । दुर्लभ र लोपोन्मुख मानिने वन, वनस्पति, बासस्थान वन्यजन्तु, वन्यपंक्षी, जलचर, संस्कृति, भाषा, जीवनशैली, जीवनपयोगी जीविकोपार्जन, धर्म तथा अन्य सम्पदाहरूको डोल्पा राम्रो स्म्भावनाको जिल्ला हो । रुकुमको आठबीस बजार डोल्पाली जनजीवनको सबैभन्दा नजिकको बजार हो । जहाँ आइपुग्न सीमान्तकृत स्थानबाट दुई दिन लाग्दछ । हिमालका कारण जुम्ला, डोल्पा मोटर ट्रयाक खोले पनि हिउँदका लागि बन्द मात्र हुँदैन असुरक्षा, जोखिमपूर्ण तथा महंगो बजार बन्न पुगको छ ।

डोल्पाको उत्तरी नाका घोबाट डोल्पाको दुनै सदरमुकामसम्मका बाटो खनिदैं छ भने सहरतारामा सुख्खा बन्दरगाहा खोल्ने सरकारी रणनीति रहे पनि डोल्पाको सीमानासम्म जाजरकोट–डोल्पा मोटरबाटो निर्माणाधीन छ । डोल्पामा मुद्रास्फिर्ती दर बढ्दो छ । यातायातको एकमात्र जुफालको हवाइमैदान विश्वसनीय भरपर्दो र पहुँचसम्पन्न बन्न नसक्दा डोल्पालीका जीवनयापन मध्ययुगीन छ । आधारभूत दैनिक उपभोग्य साधनहरू किनी नसक्नु छ । हालसालै मात्र हेलिकप्टरबाट जेसीभी ६ लाख भाडा तिरेर डोल्पा पु¥याइएको छ । तिब्बती व्वाँसो, हिमचितुवा, कस्तुरी, असलामाछा, नेपालकै गहिरो से–फोक्सुन्डो ताल, बौद्धमार्गीको प्रसिद्ध सेगुम्बा विश्वकै अग्लो मानवबस्ती घोतराय, नेपालकै ठूलो सुलिगाड झरनाले बनेको डोल्पा जिल्ला सबैकुराबाट शंकामा पारिएको छ । बृहत हिमाली ट्रेलको अवधारणामा सबैभन्दा ठूलो भाग लिनसक्ने डोल्पाली हिमाली भोटक्षेत्रले पश्चिमी हिमाली मोटरबाटोको पनि बराबरी भाग ओगट्न सक्छ र यहाँका सांस्कृतिक, सामाजिक, भाषिक, आर्थिक विकासमा सकारात्मक परिवर्तन हुनसक्छ ।

डोल्पाली सडक सञ्जालको विकासमा चिनियाँ वानबेल्ट वानरोड, सिल्करोड, साल्टरोड, कनेक्टिभिटी प्रवद्र्धनलाई प्रादेशिक राष्ट्रिय सरकारले तथा स्थानीय सरकारले उपयोग गर्नसकेमा डोल्पामा कायाकल्प हुनसक्छ । डोल्पाली सडक सञ्जालको विकासमा अति महŒवपूर्ण आधारभूत भूमिका खेल्नसक्ने सडक यातायातको घोराही रुकुमकोट हुँदै सिस्ने हिमालपारी सहरतारा भएर तिब्बती नाका जोड्ने सुपरइक्सप्रेसिभ हाइवे निर्माण सञ्चालन तथा प्रयोगविना डोल्पाको भावी समृद्धि असंभवप्रायः छ ।

यस प्रस्तावित सडकको निर्माण मात्र हैन त्रिदेशीय लोकमार्ग बनेपछि यसका रुटमा पर्ने डोल्पाकै काइकेमगर, सहरतारा, विश्वकै उच्च वस्ती घोतराय लगायत थुप्रै विषयहरू अध्ययनका पाटाहरू बन्नसक्छन् । बनारसदेखि कैलास मानसरोवर यात्राका लागि यो नै अहिलेसम्मको नेपालको सबैभन्दा छोटो सडक हो । यस सडकलाई रेलमार्गको स्वरूप दियौं भने नेपाल–भारतको सीमाना चार घण्टाभित्र पुगिनेमात्र छैन, धार्मिक पर्यटन, पर्यापर्यटन, सांस्कृतिक पर्यटन, हिम पर्यटन, जैविक पर्यटन बढ्न जानेछन् । प्रस्ताविक लोकमार्ग छोटो, छरितो, सुरक्षित, जनमैत्री भइ डोल्पालाई समृद्ध पार्नेछ । पहाडको निर्माणाधीन हवाइमैदानका साथसाथै जाजरकोट रिम्नाभन्दा माथिका ठूलीभेरी नदीबेसिनमा हुनसक्ने बहुउद्देश्यीय परियोजनाहरू डोल्पा जिल्लामा कम लागतमा बन्नसक्छन् । डोल्पाका सवै पानी घट्टहरूलाई आधुनिक स्वरूप दिइ, १२ बजेपछि बेजोडले हावा चल्ने स्थानहरूमा निर्माण गर्न प्रचूर सम्भावनाका सौर्यऊर्जा विकास डोल्पाको कोइलावास तिब्बत जोड्ने सडकले सरकारद्वारा प्रस्तावित दाङको मकै सुपरजोनबाट उत्पादित मकै, चना, मसुरो, धान, गहुँ, तोरी सम्बद्ध किसानहरूको सुनिश्चित व्यापार बन्नेछ भने दाङबाटै केरा, दुध, आँप, अंगुर, अम्बा, खसीको व्यापारमा विविधिकरण तथा सघनीकरण हुनगइ अनि चिनियाँ सस्तो मूल्यका सामग्रीमा सहज आपूर्ति भइ जीवनयापन सरल बन्नसक्छ ।

कुकुर, चौंरी, घोडा, भेडा, च्यांग्रा, कस्तुतरीको प्रजजन्. केन्द्र स्थापना गरी जैविक विविधता तथा व्यापारमा अभिवृद्धि गर्नका लागि यसअघि खुलेको चौंरी फर्म अविलम्ब सञ्चालनमा ल्याउनुपर्छ भने अन्य पशुफर्मको व्यवस्था गरिनुपर्छ । अधिकांश भिरालो भू–बनौटलाई विश्वमा कसरी प्रयोग गरिएको छ ? त्यसखालको अनुभव डोल्पामा लागू गर्नुपर्छ । लेकमा फैलिएको जलवायु परिवर्तनका नकारात्मक असरको रूपमा रहेको हिमाली लेकाली वनमारा झारको विस्थापन कसरी गर्न सकिएला ?

डोल्पाकै पुराना नौराज्य, जसलाई बहादुर शाहको टोलीले एकीकरणमा ल्यायो, २०३६ सालमा मात्र पत्ता लागेको नयाँ गाउँको यथार्थ जानकारी, त्रिपुरा सुन्दरी लगायतका विभिन्न नदीको परम्परा, संस्कृति, काइकमगर भाषा, नेपाल, कथ्य भाषा, लामा भाषाका उपभेदहरू प्रत्येक गोत्रका कुदेवता पूज्ने तरी, पञ्चेबाजा, लोकगीत, साहित्य तथा डोल्पालाई अमूल्य योगदान दिएका व्यक्तित्वहरूको सोधखोजले पनि डोल्पालाई समृद्ध बनाउन सकिनेछ र यसले समग्र प्रदेश नम्बर ६ को समृद्धिमा सघाउ पु¥याउने छ ।