क्रिकेटमा ठूलो सफलता

काठमाडौं: क्रिकेटमा नेपालले अर्को महŒवपूर्ण उपलब्धि हासिल गरेको छ । नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगलवार युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ ।

युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे । दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो । गुल्सनले ८४ बलमा तीन चौका र ६ छक्का तथा भीमले ७२ बलमा चार चौका हिर्काए । त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भएका थिए ।

कप्तान रोहितलाई एक रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई आठ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे । ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले एक रनमा एलबिडब्लूकै धरापमा पारे ।

सोमवार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलवारसम्मका लागि स्थगित भएको थियो । मंगलवार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो । मंगलवार अन्तिम विकेटको रूपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच गराए ।

बलिङमा नेपालका लागि ललितले चार विकेट लिए । उनले ७.१ ओभरमा दुई मेडन राख्दा १४ रन खर्चिए। सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले १–१ विकेट हात पारे । सन्दिप प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।

प्रकाशित मितिः   १९ बैशाख २०८०, मंगलवार १८:३३