रनिङ्ग शिल्डमा कर्णालीलाई दुई स्वर्ण

सुर्खेत: १३औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशले दुई स्वर्णपदक जितेको छ । शुक्रवारबाट सुरु भएको उक्त प्रतियोगितामा खेलको दोस्रो दिनसम्म आइपुग्दा कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र तीन कास्य पदक प्राप्त गरेको कर्णाली प्रदेश खेल विज्ञ विक्रमजंग थापाले जानकारी दिए ।

उनका अनुसार सरिता खड्काले चार सय र आठ सय मिटर दौडमा दुई स्वर्ण जितेकी छिन् भने आठ सय मिटर दौडमा प्रकाश बुढाले रजत पदक जित्न सफल भएका छन् । यस्तै, कराँते काँतामा लक्ष्मण कुमार शाही, प्रियंका शाहीले कास्य जित्दा एक सय मिटर दौडमा सुशील ओलीले कास्य जितेका छन् ।

प्रकाशित मितिः   १७ बैशाख २०८०, आईतवार ०५:०१