ईसिडी पुनर्गठन

सुर्खेत: प्रारम्भिक बालविकासका लागि कर्णाली प्रदेशसभा सदस्यहरूको सहकार्य समन्वय समूह (ईसिडी) पुनर्गठन गरिएको छ । बिहीवार समूहको पुनर्गठन गरिएको हो ।

प्रारम्भिक बालविकास उमेर समूहका बालबालिकाको शिक्षाको लागि नीतिगत पैरवी गर्ने उद्देश्यका साथ गठन गरिएको सांसदहरूको सहार्य समन्वय समूह यसअघि ११ सदस्यीय थियो । पुनर्गठन गरिएको समूह भने १३ सदस्यीय बनेको छ । नयाँ समूहमा सांसदहरू राजीवबिक्रम शाह, तुलसा मल्ल, मिलन खड्का, जुमकित लामा, सन्तोषी शाही, गमता विक, बलिमाया बुढा, दक्षिणा शाही, ईन्द्रा शाही, देवेन्द्र शाही, कल्याणी खड्का, वीरबहादुर शाही र सुरेश अधिकारी छन् ।

नयाँ समन्वय समूहले पहिलो बैठकबाट पदाधिकारी तोक्नेछ । पदाधिकारीमा एक जना संयोजक, दुई जना सह–संयोजक र एक जना सचिव रहने व्यवस्था छ । समूहमा कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता गराइएको छ । यस्तै जिल्लागत रूपमा जाजरकोट, रूकुम पश्चिम, हुम्ला, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, डोल्पा र सल्यानबाट सांसदहरूको प्रतिनिधित्व समूहमा गराइएको हो । बाँकी रहेको मुगु जिल्लाबाट आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने ईसिडी समूहका पूर्व संयोजक सीता नेपालीले बताइन् ।

प्रारम्भिक बालविकासका लागि गठन गरिएको कर्णाली प्रदेशको सांसदहरूको उक्त समूहलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले समन्वय गर्ने गरेको छ । समूहको सचिवालयका रूपमा भने सेतो गुराँस संस्थाले काम गर्दै आएको छ । सांसदहरू जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने भएकाले प्रारम्भिक बालविकासका लागि पनि योग्दान पुगोस् भनेर यो समूह गठन गरिएको नेपालीले बताइन् ।

प्रकाशित मितिः   २४ चैत्र २०७९, शुक्रबार ०५:०१