अखिल क्रान्तिकारीले छान्यो सुर्खेतका तीन क्याम्पसका लागि तीन कमाण्डर
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आसन्न स्ववियु निर्वाचनको प्रत्यक्ष कमाण्ड गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।
बुधबार र बिहीबार दुई दिनसम्म बसेको केन्द्रीय पदाधिकारी बैठकले स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै बिभिन्न कलेजका लागि ९५ नेताहरुलाई जिम्मेवारी दिएको हो ।
त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीका आधारमा आगामी फागुन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ । उमेर हद र मिश्रित निर्वाचन प्रणाली आफूहरुकै नीति भएकाले निर्वाचनमा विजय हासिल गर्ने अखिल क्रान्तिकारीको विश्वास छ ।
स्ववियू निर्वाचनको प्रत्यक्ष कमाण्ड गर्न विभिन्न कलेजमा कमाण्डर तोकिएको हो ।
अखिल क्रान्तिकारीको जिम्मेवारी बाँडफाँड अनुसार सुर्खेतका तीन वटा क्याम्पसका कमाण्डरहरु तोकिएको छ । जसमा सुर्खेत क्यामपस शिक्षाका लागि खेम बहादुर सिंह, सिम्ता बहुमुखी क्याम्पसका लागि भूपाल सिंह र विद्यापुर बहुमुखी क्याम्पसका लागि केशव शाहीलाइ कमाण्डर तोकिएको छ ।
प्रकाशित मितिः २९ पुष २०७३, शुक्रबार १८:३२
साझा बिसौनी ।